सात नम्बर प्रदेशको विकासमा मूख्यमन्त्रीका चारवटा मूख्य एजेण्डा

६ बर्ष अघि

२0७५ बैशाख २६ बुधबार

सात नम्बर प्रदेशको विकासमा मूख्यमन्त्रीका चारवटा मूख्य एजेण्डा

दृष्टिाकोण समाचार, दार्चुला । सात नम्बर प्रदेशको विकासका लागि मूख्य चारवटा ऐजेण्डाबाट अगाडि बढीरहेको सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अगाडी सार्नु भएको छ । दार्चुला जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमका लागि दार्चुला पुग्नु भएका मुख्यमन्त्री भट्टले पत्रकार सम्मेलन मार्फत सात नम्बर प्रदेशको विकासको खाका प्रस्तुत गर्नु भएको हो ।
‘हामीले विकासको मुख्य एजेण्डाको रुपमा कृषि, पर्यटन, जलश्रोत र जडिबुटी नै रहेको छ । यसैलाई भरपुर रुपमा प्रयोग गरी हामीले आर्थिक समृद्धि प्राप्त गर्न सक्छौँ ।’ मूख्यमन्त्री भट्टले भन्नुभयो । 
त्यसैगरी अहिले सम्म प्रदेश सभाका आठवटा बैठक बसेको र हालसम्म मूख्य गरी नीति निर्माण तहमै रहेको मुख्यमन्त्रीको भनाई छ । प्रदेश सरकारले पूर्णता पाउन केही समय लागेको भन्दै चालु आर्थिक बर्षमै देखिने किसिमको विकास गर्न नसकिएको र आउने आर्थिक बर्षमा केही न केही परिवर्तन हुने गरी विकास नमुनाहरु निर्माण गरिने मूख्यमन्त्री भट्टको भनाई छ । 
दार्चुला त्रिदेशिय सीमानामा रहेको जिल्ला भएकाले सात नम्बर प्रदेशको विकासमा दार्चुलाको महत्वपूर्ण भूमिका हुने भन्दै त्रीदेशिय नाका विकास र विस्तारका लागि प्रदेश सरकारले ठोस कदम चाल्ने मूख्य मन्त्री भट्टको भनाई छ । 
विकास निर्माणका लागि मूख्यगरी नीतिनिर्माण नै पहिलो प्राथमिकता भएकाले प्रदेश सरकार सञ्चालनका लागि आवस्यक नीतिहरु बनीसकेको र त्यो संसदबाट पारित हुने क्रममा रहेको पनि पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री भट्टले जानकारी गराउनु भएको छ ।