एक युवक बेहाेस फेलाः पैसा लुट्न बेहोस बनाएको आशंकामा रिक्सा चालक पक्राउ

५ बर्ष अघि

२0७५ मंसिर ४ मंगलवार

एक युवक बेहाेस फेलाः  पैसा लुट्न बेहोस बनाएको आशंकामा रिक्सा चालक पक्राउ


दृष्टिकोण समाचार मंसीर ४, । धनगढी ।  कैलालीको धनगढी चौराहा नजिकै रहेको बेलौरी बसपार्कमा एक युवक वेहोस अवस्थामा फेला परेका छन । बेहोस परेका युवक कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाका ५२ वर्षका चेतराम डगौरा थारु हुन् । रोजगारीको शिलशीलामा विदेशीएका डगौरा घर र्फकने क्रममा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थित बेहास अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बहोस डगौराको उद्धार गरी उपचार गर्न सेती अञ्चल अस्पताल लगेको प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिनुभयो ।   बहोस भटीएका डगौराको विहान साढे ९ बजे अस्पताल पु¥याईएको भएपनि अहिले सम्म पनि अचेत अवस्था रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीसँग भएको पैसा लुटनका लागि वेहोस बनाउने औषधी खुवाएको आरोपमा जनकपुर घर बताउने उमेश नामका एक जना रिक्सा चालकलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक वलीले जानकारी दिनु भयो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।