राष्ट्रिय विद्युत प्रशारण लाइन नौ वटा स्थानीय तहमा पुग्ने

५ बर्ष अघि

२0७५ मंसिर ४ मंगलवार

 राष्ट्रिय विद्युत प्रशारण लाइन नौ वटा स्थानीय तहमा पुग्ने


दृष्टिकोण समाचार मंसीर ४, दार्चुला । दार्चुला जिल्लाको नौ वटा स्थानीय तहमा नेपाल विद्युत प्राधिकरण दार्चुलाले राष्ट्रिय विद्युत प्रशारण लाइन पु¥याउने भएको छ ।
हाल सम्म दार्चुला जिल्लाको महाकाली र शैल्यशिखर  नगरपालिका, मार्मा,लेकम, मालिकार्जुन, दुहुँ र व्यासँ गाउँपालिका गरी ७ वटा स्थानीय तह सम्म राष्ट्रिय विद्युत प्रशारण लाइन पुगेको छ । अपीहिमाल र नौगाड गाउँपालिकामा अहिले सम्म पनि राष्ट्रिय विद्युत प्रशारण लाइनले छोएको छैन् । चालु आव २०७५÷०७६ मा विद्युत विस्तार गर्नका लागि केन्द्रिय सरकारबाट नियमित तर्फ ५ करोड बजेट आएको  र थप ५ करोड बजेट विनियोजन हुन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण  दार्चुलाका  प्राविधिक प्रमुख मिन राज पन्तले बताउनु भयो  ।
नेपाल विद्युत प्राधिकरण दार्चुलाले नौवटै स्थानीय तह सम्म राष्ट्रिय विद्युत प्रशारण लाइन पुरयाउने उद्देश्यले चालु आव २०७५÷०७६ मा महाकाली नगरपालिका र व्यासँ गाउँपालिकामा संयुक्त रुपमा ९० लाख, अपीहिमाल र नौगाड गाउँपालिकामा संयुक्त रुपमा १ करोड ७० लाख, शैल्य शिखर नगरपालिकामा ३० लाख, मालिकार्जुन गाउँपालिका ४० लाख, लेकम गाउँपालिकामा ४० लाख, मार्मा गाउँपालिकामा ९० लाख र दुहुँ गाउँपालिकामा ४० लाख बजेट छुट्याएको छ । चालु आवमा बजेट विनियोजनमा ढिलाई भएकाले कार्ययोजना बनाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण  दार्चुलाका  प्राविधिक प्रमुख पन्तले बताउनु भयो । गत आव २०७४÷०७५ मा ३ करोड ५० लाख बजेट विनियोजन  भएकोमा दार्चुलाका ७ स्थानिय तहहरुमा अलिकति विद्युत लाइन विस्तार भएको नेपाल विद्युत प्राधिकरण दार्चुलाले जनाएको छ ।