मंगलबार राष्ट्रीय कलाकार महेश कुमार औजीको प्रस्तुति हुदै दर्शकहरुलाई रमाईलो

६ बर्ष अघि

२0७५ मंसिर ४ मंगलवार

मंगलबार राष्ट्रीय कलाकार महेश कुमार औजीको प्रस्तुति हुदै दर्शकहरुलाई रमाईलो

ललित सामन्त मंसिर ४ दार्चुला ।।
 शनिबारदेखि सरु भएको ऐतिहासिक जोलजिवि मेलामा मंगलबार अर्थात आज राष्«िटय कलाकार महेश कुमार औजीको विशेष प्रस्तुति रहने भएको छ । मेलाको दोस्रो दिन गायिका पुष्पा बोहरा आफनो सांगतिक प्रस्तुति राख्नुभएको थियो ।सोमबार गायक महराले पनि दर्शकहरुलाई रमाईलो गराउनु भएको थियो ।कार्यक्रमका सञ्चालक एवम् पत्रकार महासंघ दार्चुलाका सचिव कृष्ण सिह धामी र उमादेवी खनालले पनि दर्शकहरुलाई मनोञ्जन दिलाएका छन् ।मंगलबार सुदुरपश्मिका लोकप्रिय गायक महेश कुमार औजीको प्रस्तुतिमा वडि भिड हुने देखिन्छ । भने कलाकारहरु उमादेवि खनालले उतिक्कै मनोरन्जन गराउने मेला महोत्सव आयोजक समिति संयोजक लोकेन्द्र सिह धामीले बताउनु भयो 
गायक औजी सोमबार नै दार्चुलाको मालिकार्जुन गाउँपालीका ७ जोलजिवी पुगी सकेको फेबरेट मिडियाका प्रबन्धक एवम् पत्रकार महासंघका सचिव कृष्ण सिह धामीले जानकारी दिनु भएको छ । महोत्सव विहान १० बजेदेखि दिउसो ६ बजेसम्म चल्ने पनि गायक कृष्ण धामीले जानकारी दिनु भएको छ ।  मालिकार्जुन गाउँपालिकाको आयोजना पहिलो पटक जोलजिवी महोत्सव सञ्चालन गरिएको हो । स्थानीय स्तरमा पाईने जटीवुटीहरु स्थानीय कलाकारहरुको जिवनस्तर माथिउकास्ने उद्देश्यले जोलजिवी महोस्वको आयोजना गरिएको हो ।   जोलजिवी महोत्सव पहिलो दिन देखि पाचँ दिनसम्म लाग्ने बताइएको छ । जौलजिवि मेलाको पहिलोृ दिन आठ नौ सय जनाको उपस्थति रहेको थियो भने मंगलबार पनि महेश कुमार औजीको स्वरसुन्न पनि त्यो भन्दा पनि वढि उपस्थिति रहने अनुमान गरिएको छ । ऐतिहासिक जोलजिवी मेलाको उद्घाटन सुदुरपश्मि प्रदेशका उद्योग ,पर्यटन,वन तथा वातावरण मन्त्री माया भट्टले शनिवार उद्घाटन गर्नुभएको थियो महोत्सवको दोसा्रे दिन आईतबार बढी भाड देखिएको र भारतमा सार्वजनिक विदा भएकाले दर्शकहरु भिड भाडभएको पनि वडा नम्बर ७ का वडा अध्यक्ष लोकेन्द्र सिह धामीले बताउनु भयो । त्यो दिन झन्डै १५ सय दखि १७ सय सम्मको उपस्थीति रहेको उहाले बताउनु भयो ।कार्यक्रममा स्थानीय कलाकारहरुमा ललित सिह सामन्तले उमादेवी खनाल संग दोहरी पनि गाएका छन् । दोहरी गाउँदा दर्शक भिड झन बडेको धामीले जानकारी दिनु भएको छ