अन्र्तराष्ट्रिय सीमा नदीमाथि अवैध रुपमा बनाइएको ३ वटा काठे पुल भत्काइयो

५ बर्ष अघि

२0७५ मंसिर ३ सोमबार

अन्र्तराष्ट्रिय सीमा नदीमाथि अवैध रुपमा बनाइएको ३ वटा काठे पुल भत्काइयो


दृष्टिकोण समाचार मंसीर ३, दार्चुला । दार्चुला जिल्लाको अन्र्तराष्ट्रिय सीमा महाकाली नदीमाथि भारतले बनाएको  ३ वटा काठेपुल भत्काइएको छ । व्यासँ गाउँपालिका वडा नम्बर १ मा पर्ने नज्याङ्ग स्थित  नेपाल भारत जोड्ने महाकाली नदीमा स्थानीय बासीले आवत जावतका लागि अवैध रुपमा बनाइएको व्यासँ गाउँपालिका वडा नम्बर १  पेल्सीति, घाँटीबगड र दोपाखे बनाइएका  काठे पुल शुत्रबार भत्काइएको सशस्त्र प्रहरी बल गुल्म दार्चुलाका  प्रहरी निरीक्षक तथा सुचना अधिकारी ईश्वरी दत्त पन्तले जानकारी दिनुभयो ।

भारतले सीमा महाकाली नदी माथि बनाइएको अस्थाई ३ वटा काठेपुल शुत्रबारका दिन  सशस्त्र प्रहरी असपाल सिँह बुढाथोकीको कमान्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी हव्लदारको कमान्डमा २ जनाको संयुक्त टोलीले उक्त पुल भत्काएका हुन् । नेपाल र भारत सरकारको समझौतामा २ वटा काठेपुल बनेको छ । व्यासँ गाउँपालिकामा पर्ने दुम्लीङ र राप्ला भन्ने ठाउँ १÷१ वटा काठेपुल स्थानीय आवतजावत गर्नका लागि  स्वीकृति दिएको छ । नियमित अनुगमन भइरहेको तथा अवैधरुपमा काठेपुल निमार्ण गरेको पाइएमा भत्काइने प्रहरी निरीक्षक तथा सुचना अधिकारी पन्त बताएँ ।