कार्यालय प्रमुख विहिन नै कार्यालय सञ्चालन

५ बर्ष अघि

२0७५ मंसिर ३ सोमबार

कार्यालय प्रमुख विहिन नै कार्यालय सञ्चालन


दृष्टिकोण समाचार मंसीर ३, दार्चुला । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला चालु आर्थिक वर्ष २०७५÷०७६ देखि कार्यालय प्रमुख विहिन नै कार्यालय सञ्चालन भइरहेको छ । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख भुमिराज उपाध्याय गत वर्ष २०७५ असार मसान्तमा राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमान्डौँमा सरुवा भएपछि अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला कार्यालय प्रमुख विहीन भएको हो । कार्यालय प्रमुख ४ महीना सम्म पनि उपस्थित हुन सकेका छैनन् ।  अपीनाम्पा संरक्षण कार्यालय दार्चुलामा हाल जम्मा ६७ जना कर्मचारीहरु छन् । स्थाई कर्मचारी ६७ जना र  १ जना हलुका सवारी चालक करारमा रहेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला निमित्त प्रमुख तपिलकुमार विश्वकर्माले जानकारी दिनु भयो ।

अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका कार्यालय प्रमुखका रुपमा किशोर मेहेता आउने भनेपनि हाल सम्म आएका छैनन् । कार्यालय प्रमुख सरुवा भएपछी संरक्षण अधिकृत तथा निमित्त प्रमुख पशुपती अधिकारीले अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय सञ्चालन गरेका थिए । निमित्त प्रमुख पशुपति अधिकारी २०७५ असोज २६ सरुवा भएका हुन् । अपीनाम्पा संरक्षण कार्यालय दार्चुलाका निमित्त प्रमुख पशुपति अधिकारी सरुवा भएपछी जेष्ठताका आधारमा निम्ति प्रमुखको कार्यभार रेन्जर मनोज अवस्थीले समाल्नु भएको रेन्जर तथा निमित्त प्रमुख तपिलकुमार विश्वकर्माले बताउनु भयो ।  रेन्जर मनोज अवस्थी पछी अपी नाम्पा संरक्षण कार्यालय दार्चुलाका निम्ति प्रमुखको जिम्मेवारी रेन्जर भुवनेश्वर चौधरी र सिनियर गेम स्काउट इन्द्र सिँह नगरीले समाल्नु भएको थियो । 
हाल रेन्जर तपिल कुमार विश्वकर्माले अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयको निम्त प्रमुखको जिम्मेवारी समाल्नु भएको छ । फिल्डका कर्मचारी भएकाले तथा कामको आधारमा निम्त प्रमुख परिवर्तन भएको रेन्जर तथा निमित्त प्रमुख तपिलकुमार विश्वकर्माले बताउनु भयो । वन तथा वातावरण मन्त्रालयले किशोर मेहेताको सरुवा ढिलाई गरेको तथा दशैँतिहार चाडपर्व परेकाले पनि हाल सम्म कार्यालयमा प्रमुख नभएको रेन्जर तथा निमित्त प्रमुख तपिलकुमार विश्वकर्माले बताउनु भयो । तुलनात्मक रुपमा कार्यालय सञ्चालन गर्नमा समस्या भएको रेन्जर तथा निमित्त प्रमुख विश्वकर्माले बताएका छन् ।