कलयुले सरापेको मेरो देशमा जान्नेहरु बाधक किन?

५ बर्ष अघि

२0७५ मंसिर ३ सोमबार

कलयुले सरापेको मेरो देशमा जान्नेहरु बाधक किन?

राम सिह धामी दार्चुला
हरेक क्षेत्रको पहिचान र परिचय फरक तरिकाले दिन सक्ने समाज हुन्छ हाम्रो वरिपरि किन कि एक स्वतन्त्र मान्छे काम गर्दो जादा उस्को पछि परि खुट्टा तन्ने काम सुरु भईहाल्छ । 
त्यसको उदाहरण म मात्रै नभई समाजका अगुवा सबै भईरहेको पाईन्छ । किन कि हाम्रो समाज कलयुग संगै हिडिरहेको पाईन्छ र कलगुगमा पनि कुनै न कुनै तथ्य हामीले पाएका हुन्छौँ तर म भन्छु कि मेरो समाज कलयुगले सरापेको छ । किन भने हामीले अरुले गरेको र खाएको अनि हाँसेको , रमाएको देख्न सक्दैनौ । हरेक मान्छे फरक फरक तरिकाले समाजमा हिडिरहेको हुन्छ तर समाजका अगुवाहरुले उसको खुट्टा काट्ने र समाजमा गरेका राम्रा काम भन्दा नराम्रा कामको पहिचान गरि आलोचना गर्ने प्रबृति मेरो समाज अनि देशमा रहेको  मैले महसुश गरेको छु । 
समाजमा हिडिरहदा मैले समाजको लागि गरेको काम र समाजका कुनै न कुनै अग्रज व्यतित्वहरु सित संगत गरिरहदा मेरो समाजले आलोचना गरिनै हाल्छ । आलोचनाले मलाई कुनै फरक पार्दैन तर मैले हिडने गरेकोे जन प्रर्तिनिधि,कार्यालय प्रमुख, कुनै समाजको अगुवा तथा नेता नै किन नहोस मेरो समाजका कलयुगहरु खुट्टा काटन तिर जान समाजका अगुवा व्यतिहरुको आलोचना गरि कामगर्ने मनसाय कमजोर गर्ने प्रबृति देखिन्छ र गरेका पनि छन । किन भने हरिले गरेको कामलाई श्यामले विफल गर्ने नेताले गरेको कामलाई कर्मचारीले विफल गर्ने जनप्रर्तिनिधिले गरेको कामलाई पत्रकारले विफल गर्ने कार्यालय प्रमुखले गरेको कामलाई समाजका जान्ने सुन्ने भनौदाहरुले विफल गर्ने प्रबृति मेरो कलयुगले सराफेको देशमा रहेको छ । 
आँखिर यो प्रबृति कहिले सम्म त? म प्रश्न गर्न चाँहन्छु अरुको काम गराई र हिडिरहेकोबाटेमा काँडेतार लगाउने महोदय श्रीमानलाई किन भने हरेक मान्छे आफ्नो स्वतन्त्रतामा बाँचेको हुन्छ । मान्छेले व्यतित्व विकास र समाज परिवर्तनका लागि कार्यालय प्रमुअ, जनाप्रर्तिनिधि, समाजका अगुवा व्यतिको सहयोगमा काम गरिरहदा उसै समाजका जान्ने सुन्ने भनौदाहरु किन बाधक बन्ने गर्छन । समाजको परिवर्तनमा निस्वार्थ रुपमा जिल्ला प्रमुखहरु तथा जनप्रतिनिधिहरु सित हिडेको र आवत जावत गरेको देख्ने वितिकै किन डाहा गर्ने प्रबृतिछ मेरो समाजमा कहिले सम्म डाहा गरिन्छ, म जस्तै भुमरीको जालोमा फरेका मान्छेहरुको ? 
हामी यो समाजमा पाहुना बनेर रुदै आयौँ र एक दिन रुवाउदै जानुछ त्यसैले कसैसंग न रिस छ न ईष्र्या छ मेरो जस्ले जे गरेपनि समाजको विकास र नागरिकको हितका लागि जतिसुकै काँडेतार लगाएपनि फूलका गुच्छा जस्तै सिंगारिने छन मेरो लागि अनि सबैको साँथ सहयोग पाईरहने छु । यो समाजको हितमा सदैव सहयोग गरिने छ र मलाई सबै जनप्रर्ति निधि, सरकारी तथा गैरसरकारी संस्था लगायत समाजसेवि सबैको सहयोग म पाईरहने छु । कलयुगले सरापेका मेरो समाजका कलंकहरुलाई पनि डाहा हुन छोडने छ । अनि मात्रै बुझने छन काँडेतारको बारलाई फूलमाला र पुष्पगुच्छा । सबैको जयहोस यहि कामना छ मेरो ।