ऐतिहाँसिक जोलजिबी मेलाको आज दोस्रो दिन

५ बर्ष अघि

२0७५ मंसिर २ आईतवार

ऐतिहाँसिक जोलजिबी मेलाको आज दोस्रो दिन

दृष्टिकोण समाचार दार्चुला मंसीर १, दार्चुला । ऐतिहाँसिक जोलजिवी मेला २०७५को आज दोस्रो दिनमा पनि विभिन्न कार्यक्रम भई मेला सञ्चालन भएको छ । दार्चुला जिल्लाको कला, संस्कृतिको जगेर्ना गर्ने तथा व्यापार, पर्यटन क्षेत्रको विकास गर्ने तथा उद्देश्यले मालिकार्जुन गाउँपालिकाले जोलजीबी मेला मेहोत्सवको आयोजना गरेको हो । पाचँ दिने जोलजीबी मेला मेहोत्सवको आज दोस्रो दिन पनि झाँकी प्रदशर्नी, लोक दोहरी लगायतका सांस्कृतिक कार्यक्रमहरु गरी मेला आयोजना गरीएकोे छ ।

छिमेकी मुलुक भारतले जोलजीबीमा सन् १९७५ साल देखि नै प्रत्येक वर्ष सरकारीस्तरबाट मेलाको आयोजना गर्ने भएतापनि नेपाल तर्फ पहिलो पटक मेलाको शुरुवात भएकाले भारतको जस्तो राम्रो मेला हुन नसकेपनि गाउँपालिकाले आयोजना गरेको मेलामा स्थानीयहरु निकै उत्साहीत बनेका छन् ।

मेलामा व्यापार व्यवसाय तथा प्रर्यटकहरुको विस्तार गर्नका लागि बहुमुल्य जडीबुटी, धार्मिक स्थलहरुको तस्बीर लगायत स्थानीय स्तरमा उत्पादन भएका सामग्रीहरु बिक्री हुने गरेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडा लोकेन्द्र सिँह धामीले बताउनु भयो ।