महाकाली नदीमा बगेर एक युवक बेपत्ता

५ बर्ष अघि

२0७५ मंसिर १ शनिबार

महाकाली नदीमा बगेर एक युवक बेपत्ता


दृष्टिकोण समाचार मंसीर १, दार्चुला । दार्चुला जिल्ला सदरमुकाममा रहेको महाकाली नदीमा नहाउने क्रममा एक युवक बेपत्ता भएका छन् । बेपत्ता भएका युवक महाकाली नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी २२ वर्षका चन्द्र बहादुर बम हुन् । बेपत्ता भएको बमको खोजि गर्नका लागि शसस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय दार्चुला सुरक्षाकर्मीहरुको टोली खटिएको छ ।