सदमुकाम बजारमा तरकारीको मुल्य घट्यो 

५ बर्ष अघि

२0७५ मंसिर १ शनिबार

सदमुकाम बजारमा तरकारीको मुल्य घट्यो 


दृष्टिकोण समाचार मंसीर १, दार्चुला ।

दार्चुला सदमुकाममा रहेकाे खलंगाबजारमा गत साताको तुलनामा तरकारीको भाउ घटेको छ । अहिले दार्चुला जिल्लाको सदमुकाम रहेकाे खलंगा बजारमा तरकारी उत्पादन वृद्धी भएसंगै तरकारीको मुल्यमा कमी आएको हो । दशैँतिहारमा बजारमा तरकारीको माग बढेकाले तरकारीको मुल्य वृद्धी  भएतापनि दशैँतिहार सकिएपछि तरकारीको मुल्य घट्ेको हो ।  
सदमुकाम बजारमा उत्पादन हुने रायो, काउली, व्याज, टमाटर, खुसार्नी लगायतका तरकारीहरु बजारमा प्रशस्तै तथा भारतबाट आयात हुने गर्दछ । स्थानीय स्तरमा तरकारी उत्पादन हुनुको साथै भारतबाट सस्तो मुल्य तरकारी आयात गरीने हुदाँ तरकारीको मुल्य घटेको महाकाली नगरपालिका वाड नम्बर ४ मा रहेको कृषी बजारका व्यवसायी दिपेन्द्र राज भट्टले बताउनु भएको छ ।
भट्टका अनुसार भारतबाट सदमुकाममा बेमौसमी तथा अन्य तरकारीहरु स्थानीय बजारमा आयातहुने गरेको छ । गत साता प्रतिकिलो ४० रुपैँया पर्ने आलु अहिले ३५ रुपैँयामा झरेको छ । त्यस्तै बन्दा पहिले ६० रुपैँया र अहिले ५० रुपैँया, टमाटर पहिले ६० रुपैँया र अहिले ५० रुपैँया, अदुवा ८० पहिले र अहिले ६० गरी केही तरकारीहरुमा मुल्य घटेको छ । साथै बैगन, प्याज, सीमी भन्दा लगायतका तरकारीहरुमा ५ देखि १० रुपैँया सम्म वृद्धी भएको छ । हरीयो खुसार्नी, लसुन लगायत केही तरकारीहरुको मुल्य यथावत रहेको छ ।   
सदमुकाम खलंगा बजार अन्र्तगत पर्ने घाटबजारमा तरकारीको मुल्य बङगाबगड तथा  गल्फै बजारको भन्दा सस्तो पर्दछ । बङगाबगड र गल्फै बजारका व्यवसायीहरुले भारतबाट  तरकारी तथा उपभोग्य वस्तु आयात गर्दा टाढा हुने भनी ग्राहकलाई सोही ठाउँमा सेवा दिने हुदाँ बढी मुल्य लिने गरेको बताएका छन् । दार्चुला जिल्ला सदमुकाम बजारका व्यापारीहरुले खाद्यान्न, तरकारी लगायत अन्य वस्तुहरु आयात गर्ने भएकाले पनि सदरमुकाम खलंगा बजारमा मुल्य उतारचढाव हुने गरेको छ । 
।