जौपुर जात्रा शान्त र सुव्यवस्थित सम्पन्न  

५ बर्ष अघि

२0७५ मंसिर १ शनिबार

जौपुर जात्रा शान्त र सुव्यवस्थित सम्पन्न  

दृष्ठिकोण समाचार दार्चुला 
 शुक्रबार लेकम गाँउपालिका ५ मा रहेको लटिनाथ जौपुर मन्दिरमा जात्र पर्व पनि सम्पन्न भएको छ । 
लेकम क्षेत्रको ठुलो पुजना जात्राका रुपमा जौपुर जात्रालाई लिने गरिन्छ । जौपुर जात्रा शान्त सुव्यवस्थीत तरिकाले जात्रा सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष मोहन देव जोशीले बताउनु भयो । 
लेकम क्षेत्रमा सम्पन्न भएको रात्री मेलामा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य , नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक नवराज अधिकारी र सशास्त्र प्रहरी नायव उपरिक्षक भिम बहादुर चन्द लगायतको टोलि परिचालन भएको र शान्त रुपमा जात्रा सम्पन्न भएको प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भयो । दार्चुला जिल्ला लगायत सुदुरपश्चिम प्रदेशका पहाडि जिल्लाका मठ मन्दिरहरुमा पुजन जात्रा तथा रात्रीमेला सञ्चालन भईरहेका छन ।