तपाईको आँखामा समस्या छ ? अब चिन्ता नगर्नु 

६ बर्ष अघि

२0७५ बैशाख २४ सोमबार

तपाईको आँखामा समस्या छ ? अब चिन्ता नगर्नु 

दृष्टिकोण समाचार दार्चुला । गर्मी सिजन सुरु भएसँगै विभिन्न रोगलाग्ने सम्भावना पनि बढी हुने गर्छ । मानिस आफ्नो स्वास्थ्यको ख्याल गर्न विभिन्न विधि अपनाएर पनि विरामी भईरहेको हुन्छ । भनिन्छ ‘रोग लागेर उपचार गर्नु भन्दा पनि रोग नै लाग्न नदिनु बेस’ तर हाम्रो स्वभाव रोग लागे पनि मात्रै उपचार गर्ने तर्फ बढी हुन्छ । 
यसै कुरालाई मध्य नजर गेटा आँखा अस्पतालको आयोजनामा दार्चुला जिल्लाको खलंगा र गोकुलेश्वरमा आँखा शिविर हुन लागेको छ । शैल्य शिखर नगरपालिकाको गोकुलेश्वरमा यहि बैशाख २९ र ३० तथा महकाली नगरपालिकाको खलंगामा जेठ २ र ३ गते आँखा शिवर सुरु हुने आयोजकले जनाएको छ । 


आँखा मानव जिवनको महत्वपुर्ण अंग हो । त्यसकारण निशुल्क रुपमा आफ्नो आँखाको उपचार गर्न आँखा पीडितहरुका लागि आयोजकले अवसर प्रदान गरेको गेटा आँखा अस्पतालले जनाएको छ । सात नम्बर प्रदेशको राजधानी समेत रहेको कैलालीको गेटा आँखा अस्पताले यो भन्दा पहिले पनि सात नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा यास्ता शिविर सञ्चालन गर्दै आएको छ ।