ऐतिहाँसिक जोलजिबि मेलाको उद्घाटन,,पर्यटन र व्यापारमा जोड ।

५ बर्ष अघि

२0७५ मंसिर १ शनिबार

ऐतिहाँसिक जोलजिबि मेलाको उद्घाटन,,पर्यटन र व्यापारमा जोड ।

राम सिह धामी मंसिर  ०१ दार्चुला
ऐतिहाँसिक जोलजिवि मेला २०७५ को शनिबार औपचारीक रुपमा  उद्धघाटन गरिएको छ ।
प्रापुर्व कालदेखि व्यापारीक केन्द्रका रुपमा सञ्चालन गरिने जोलजिवि मेलामा विधिपुर्वक रुपमा उद्धघाटन गरि व्यापार र प्रर्यटन क्षेत्रको विकासका लागि यो अर्थिक बर्षबाट मालिकार्जुन गाँउपालिका दार्चुलाको आयोजना मेला माहोत्सव २०७५को आयोजना गरिने भएको हो ।
दार्चुला जिल्लाको विभिन्न कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साँथ जोलजीबी मेला महोत्सवमा मालिकार्जुन गाँउपालिकाका प्रतेक वडा तथा जिल्लामा रहेका  सबै स्थानियमा रहेको संस्कृतिको पहिनाका लागि झाँकिहरु पनि प्रदर्सन गरिने स्थानिय कृषकहरुले उत्पादन गरेका कृषि समग्रीहरु सम्बन्धित कार्यालयहरुको परिचालन गरिने मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनु भयो ।आज सुदुरपश्चिम प्रदेशका बन मन्त्री माया भट्टको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद द्धय ग्याल्बु सिह बोहरा र मानबहादुर धामीको विष्टिआतिथ्यतामा ५दिने ऐतिहाँसिक जोलजिबि मेलाको उद्धघाटन गरिएको हो । 
मेलालाई नेपाल तर्फपनि व्यापार व्यवसाय र प्रर्यटकहरुको विस्तारका लागि दार्चुला जिल्लामा भएका विभिन्न धार्मीक स्थलहरुका फोटोहरु, जडिबुडिका तथा कृषि सामग्रहरु पनि प्रर्दशनीमा राखिएको मालिकार्जुन गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष लोकेन्द्र सिह धामीले बताउनु भयो । मेला उद्धघाटन समारोहमा दार्चुला जिल्लाका ९वटै स्थानीय तहहरुका जनप्रतिनिधिहरु, राजनितिक दलका पदाधिकारी , सरकारी कार्यालयका प्रमुख  तथा विभिन्न क्षेत्रीय र स्थानीय कलाकारहरुको समेत उपस्थीति रहेको छ ।