लेकम गाँउपालिकाको प्रहरी साँझेदारी कार्यक्रम सम्पन्न ।

५ बर्ष अघि

२0७५ मंसिर १ शनिबार

लेकम गाँउपालिकाको प्रहरी साँझेदारी कार्यक्रम सम्पन्न ।

रमेश सिह खत्री , दार्चुला 
दार्चुला जिल्लाको लेकम गाँउपालिकाको विकासका लागि नयाँ कानुनको विकास र विस्तार हुन आवश्यक रहेको बताएका छन । 
शुक्रबार लेकम गाँउपालिकाको प्रहरी साँझेदारी कार्यसमिति गठन कार्यक्रममा शुभकामना दिदै लेकम गाँउपालिका अध्यक्ष प्रमान्नद जोशीले संघ र प्रदेशको क्षेत्रबाट कामनुनको क्षेत्रमा काम गरिदिएमा मात्रै लेकम गाँउपालिका समृद्धिमा ठुलो सहयोग पुग्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यलय दार्चुला र लेकम गाँउपालिकाको साँझेदारीमा प्रहरी साँझेदारी कार्यक्रम गठन गरिएको छ । लेकम क्षेत्रको विकास र समृद्धिलाई यो कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । 
नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाईमा दार्चुला जिल्लाका २ नगर पालिका र ५ गाँउपालिकाहरुमा प्रहरी साँझेदारी कार्यसमिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनु भयो । शान्ती सुरक्षा र दिगो विकासका लागि देशव्यापि रुपमा प्रहरी साँझेदारी पालिका, वडा र टोल स्थरिय समिति गठन गरिदै छ । उक्त कार्यक्रममा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुम कान्त आचार्य , प्रहरी प्रमुख नवराज अधिकारी, सशस्त्र प्रहरी प्रमुख भिमबहादुर चन्द लगायतको टोलिले लेकम गाँउपालिकामा शुक्रबार प्रहरी साँझेदारी कार्यक्रम सम्पन्न गरेका हुन ।