जिप दुर्घटनाबाट २ जनाकाे मृत्यु र १५ जना घाइते

५ बर्ष अघि

२0७५ मंसिर १ शनिबार

जिप दुर्घटनाबाट २ जनाकाे मृत्यु र  १५ जना घाइते

दृष्टिकोण समाचार, मंसिर १ ।डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका-४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका-२ का २७ वर्षीय धर्मसिंह मडौ र सोही गाउँपालिका-३ का गाडी धनी ४५ दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयाे  ।     साथै जीप दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जीप सडकभन्दा सय मिटर तल खसेको हाे । दुर्घटनाको कारण भने खुलेको नसकेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ । घाइते हुनेहरुमा भागेश्वर गाउँपालिका ३ का ३ वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नबिन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, बैतडीको मेलौली ८ बस्ने १८ वर्षीया गौरी बिष्ट, धनगढी उपमहानगरपालीका १४ कनरीका २६ वर्षीय केशब मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीया शर्मीला अवस्थी रहेका छन् । थप घाइतेको परिचय खुल्न बाँकी छ ।