२५ औ रजत जयन्ती तथा  २६ औ साधारण सभा समापन

५ बर्ष अघि

२0७५ मंसिर १ शनिबार

२५ औ रजत जयन्ती तथा  २६ औ साधारण सभा समापन

दृष्टिकोण समाचार कार्तिक ३० दार्चुला ।।
 सामुदायिक ग्रामिण बिकास समाज नेपाल दार्चुला द्धारा २५ औ रजत जयन्ती तथा २६ औ साधारण सभा आज  शुक्रबार एक कार्यक्रमका विच समापन गरिएको छ । 
ग्रामीण समाज नेपाल दार्चुलाका अध्यक्ष हरी प्रशाद अवस्थीको अध्यक्षता एबं दार्चुलाबाट निर्वाचित समानुपातीक सासंद दिलेन्द्र प्रसाद बडुको प्रमुख आतिथ्यतामा साधारण सभाको  समापन गरिएको छ ।
विगत २६ वर्ष पार गरेर आज बाट ग्रामीण विकास समाज नेपाल दार्चुलाले आफनो२७ औ वर्षमा प्रवेश गरेको छ । यस सस्थाले विगतका दिनहरुमा उल्लेखिनिय काम गरेको छ ।     कार्यत्रलममा दार्चुलाबाट निर्वाचित प्रदेश सासंद गेल्बु सिह बोहरा त्यस्तै प्रदेश सासंद मान बहादुर धामी सन्तोषको पनि सहभागिता रहेको थियो कार्यक्रममा बोल्दै दार्चुलाबाट निर्वाचित सासंद गेल्बु सिह बोहराले दार्चुला जिल्लामा खेलको अभाव अरु वर्षको भन्दा यो वर्ष कम भएको बताएका छन् त्यस्तै उहाँले खेल क्षेत्रमा आफुपनि खेल क्षेत्रलाई मन पराउने भएकाले खेल क्षेत्रमा प्रदेश बाट आवश्यक बजेटको पुर्वाधारहरु विनियोजन गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै दार्चुलाका नौ आटै स्थानीय तहका जनप्रतिनिधिहरुले ग्रामीण विकास समाज नेपाल दार्चुलाले सामाजिक  आर्थिक क्षेत्रमा यो संस्थाले राम्रो काम गरिरहेकाले आ आफनो क्षेत्रबाट सहयोग गर्ने बताएका छन् ।
कार्यक्रममा जिल्लाका नौ ओटै स्थानीय तहका उत्कृष्ट कर्मचारी उपभोक्ता समिति अध्यक्ष सहयोगी संस्था संगै पत्रकारहरुलाई सम्मानित गरेको छ  कार्यक्रमका प्रमुख अतिथी एवम् दार्चुला बाट निर्वाचित समानुपातीक सासंद दिलेन्द्र प्रसाद बडुले यो संस्थाले सामाजिक र पुर्बाधार लगायत आर्थिक क्षेत्रमा पनि यसले काम गरिरहेको बताएका छन् । त्यस्तै उहाले स्थानीय सरकारहरुको बजेटमा बृद्धि गर्न तर्फ सरकारले ध्यान दिनु पर्ने धारणा राख्नुभयो । संस्थाका अध्यक्ष हरी प्रसाद अवस्थीले विगतमा भएका कमीकमजोरी हरुलाई सुधार गदै लैजाने पनि बताएका छन् । कार्यक्रममा दार्चुलाबाट निर्वाचित प्रदेश सासंद दोय गेल्बु सिह बोहरा र मानबहादुर धामी सन्तोष , निर्वाचित समानुपातीक सासंद दिलेन्द्र प्रसाद बडु लगायत विभिन्न सरकारी तथा गैर संघ संस्थाका जनप्रतिनिधिहरु स्थानीय तहका प्रमुख एवम् उपप्रमुख राजनितिक दलका जनप्रतिनिधिहरु सुरक्षा निकायका जनप्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको उपस्थीति रहेको थियो ।