दार्चुलाका पशुहरुमा लाग्ने  खोरेत रोगको प्रकोप बढ्दो

५ बर्ष अघि

२0७५ कार्तिक ३0 शुक्रबार

दार्चुलाका पशुहरुमा लाग्ने  खोरेत रोगको प्रकोप बढ्दो


दृष्टिकोण समाचार कार्तिक ३० दार्चुला ।  

पशुहरुमा लाग्ने भाइरल खोरेत रोगको प्रकोप दार्चुला जिल्लाका स्थानीय तहहरुमा देखा परेको छ ।  सर्वप्रथम दार्चुला जिल्लाको व्यासँ गाउँपालिकाबाट जेठ महिना देखि पशुहरुमा लाग्ने खोरेत रोग देखापरेको हो । व्यासँ गाउँपालिकाका पशुहरुमा देखिएको खोरेत रोग दुहँु गाउँपालिका हुदैँ महाकाली नगरपालिकामा पनि देखा परेको महाकाली नगरपालिका पशु शाखा कार्यालय दार्चुलाका प्रमुख मोहन देव भट्ट बताउनु भयो । महाकाली नगरपालिकामा पशुहरुमा लाग्ने खोरेत रोग देखापरेको तिन÷चार महिना भएको महाकाली नगरपालिका पशु शाखा कार्यालयले जनाएको छ । महाकाली नगरपालिकाका पशुहरुमा देखा परेको खोरेत रोग लागेका पशुहरु ल्याएर दैनिक रुपमा ६÷७ पशुहरु आउने गरेको तथा नगरपालिका भित्रका पशुहरुमा खोरेत रोगको प्रकोप बढ्दो रहेको पशु स्वास्थ्य प्राविधिक मिनबहादुर बमले जानकारी दिनु भयो । 
खोरेत रोग लागेको पशुको खुर पाक्ने, मुखबाट ¥याल निकाल्ने, घासँ नखाने, ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । साथै खोरेत रोग पशुहरुमा लागेमा दुध उत्पादन घट्ने गर्दछ ।  खोरेत रोगबाट पशुहरुलाई बचाउन खोरेत रोग लागेको पशुलाई छुटै राख्नु पर्छ, खोरेत रोग लागेको पशुलाई अलग खाना दिने लगायत खोरेत रोगलागेका पशु्हरुको दुघ उमालेर मात्र खाने गर्नु पर्ने महाकाली पशु शाखा कार्यालयका पशु स्वास्थ्य प्राविधक मिनबहादुर बमले बताएका छन् ।

भाइरल खोरेत रोग गाई, भैसी, बाख्रा लगायत जुनसुकै पशुहरुमा लाग्ने हुदाँ खोरेत रोगका लक्षण देखा परेमा नजिकैको पशु शाखामा लैजादाँ समयमा नै पशु ठिक हुने महाकाली नगरपालिका पशु शाखाका पशु स्वास्थ्य प्राविधक मिनबहादुर बमले बताए । खोरेत रोग तराई तथा अन्य मुलुकका पशुहरुमा हुन सक्ने भएकाले पशुपालन गर्ने व्यक्तिहरुले छाडा पशु नल्याउने, पशुको बारेमा जानकारी लिएर मात्र पशुहरु ल्याउने गर्नु पर्र्ने महाकाली नगरपालिका पशु शाखा कार्यालय दार्चुलाले जनाएको छ । चालु आर्थिक वर्षमा पशु चौपाया उपचारका लागि नगरपालिकाबाट २० लाख र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ३ लाख ५० हजार बजेट छुटाएको छ ।