दार्चुलामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया टुंगियो 

५ बर्ष अघि

२0७५ कार्तिक ३0 शुक्रबार

दार्चुलामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया टुंगियो 

  दृष्टिीकोण समाचार कार्तिक ३० दार्चुला ।।

दार्चुलामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता दार्चुलाका नौ ओटै स्थानीयतह हरुमा टुंगिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीले तपाईहरुको काधँमा नेपाल कम्युनिष्ट पार्टीको नेकपा दार्चुलाको जिम्मेवारी बहन गर्ने र समर्थक शुभचिन्तकहरुमा सिंगो पार्टीको उज्वल भविष्यको कामना गर्नु भएको छ ।त्यस्तै नेकपा दार्चुला सचिव उदय सिह बडालले दार्चुलाका नौ वटै स्थानीय तहहरुबाट अध्यक्ष तथा सचिव पदमा जिम्मेवारी पाएकाहरुलाई शुभकामना दिनुका साथै सफल कार्यकालको पनि शुभकामना दिनुभएको  छ । 
नेपाल कम्युनिष्ट पार्टीमा चयनहुनु भएका दार्चुलाका नौ वटै स्थानीय तहहरुबाट महाकाली नगरपालीमा अध्यक्ष खडक सिह धामी सचिव बहादुर सिह खाती ,शैल्यश्खिर नगरपालीकामा अध्यक्ष विजय सिह धामी सचिव मोहन सिह साउद , त्यस्तै अपि हिमाल गाउँपालीका अध्यक्ष पोखर सिह रोकाया ,सचिव जिवन सिह लोथ्याल ,त्यसैगरि मार्मा गाउँपालीकामा अध्यक्ष देवसिह महर सचिवमा धिरेन्द्र सिह धामी नौगाड गाउँपालीकामा अध्यक्ष दलजित सिह धामी , सचिब नरेन्द्र सिह ठगुन्ना , त्यसैगरी दुहु गाउँपालीकामा अनोरथ भट्ट सचिवमा दिलिप पसह धामी ,व्यास गाउँपालीकामा अध्यक्ष नगेन्द्र सिह तिंकरी सचिव उपेन्द्र कुवर लेकम गाउँपालीका अध्यक्ष राम दत्त जोशी सचिव पुष्प राज जोशी र मालिकार्जुन गाउँपालीकामा अध्यक्ष हरक सिह ठगुन्ना सचिव कृष्ण राज पन्त रहेको हाम्रा सहकर्मी रमेश खत्रीले जानकारी दिनु भएको छ ।