प्रहरीले एक महिनामा संङ्कलन गरेको राजस्व सार्वजनिक

५ बर्ष अघि

२0७५ कार्तिक ३0 शुक्रबार

प्रहरीले एक महिनामा संङ्कलन गरेको राजस्व सार्वजनिक

 दृष्टिीकोण समाचार कार्तिक ३० दार्चुला ।।
 प्रहरीले एक महिनामा संङ्कलन गरेको राजस्व सार्वजनिक  भएको छ । अस्थायी टा«फिक प्रहरी दार्चुलाले कार्तिक महिनामा मात्रै १सय १४ वटा सवारी साधनहरु बाट रु ७१ ह्जार ५ सय रुपैया राजस्व संङ्कलन गरेको छ । 
जिल्ला प्रहरी कार्यालयले दार्चुलाले  टा«फिक नियमको उल्ङ्घन गर्ने क्षमता भन्दा वढि लोड हाल्ने सवारी चालकहरु बाट यो राजस्व संङ्कलन गरिएको अस्थाई प्रहरी पोष्ट दार्चुलाका प्रहरी जवान हरदेव खत्रीले बताउनु भयो । चाड पर्वको समयमा गाडीमा झुन्डिएर यात्रा गर्ने ओभर लोड बोक्ने जस्ता खालका प्रवृति भएकोले यस बाट बच्ने उद्देश्यले यस्तो कार्यगरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चाडपर्वको बेला सवारी दुर्घटना बढ्दै गइरहेका बेला दार्चुलामा पनि दुर्घटना हुन नदिन र दशै तिहारका बेला यात्रुहरुको चाप बढ्ने भएकाले सवारी दुर्घनाबाट बच्न र बचाउनको लागि आफुले यस्तो कार्य गरेको दार्चुलाका डिएसपी नवराज अधिकारीले बताउनु भयो । दार्चुला जिल्लामा एक महिनाको अवधिमा १ सय १४ वटा सवारी साधनहरु  जिप , बस ,ट्क , मोटरसाईकल ,मिनीबस ,टेक्कटर ,लगायत अन्य सवारी साधनहरुबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाले ७१ ह्जार ५ सय रुपैया राजस्व संङक्लन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले सानागडीहरु अर्थात जिपहरुको छत हटाएको छ भने मार्मा रोड साईडमा चल्ने जिपहरुको पछाडीको भागपनि हटाएको छ त्यस्तै अन्य ठाउँमा चल्ने जिपहरुको पनि छत हटाएको तर पछाडीको भाग भने हटाउने प्रयासमा रहेको दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिनु भएको छ ।