भारतीय चुनावमा नेपाल तिरका सीमा नाकाहरु बन्द हुदै

५ बर्ष अघि

२0७५ कार्तिक ३0 शुक्रबार

भारतीय चुनावमा नेपाल तिरका सीमा नाकाहरु बन्द हुदै

दृष्टिीकोण  समाचार कार्तिक २९ दार्चुला  भारतमा हुनलागेको स्थानीय निकायको निर्वाचनका बेला नेपाल भारत जोड्ने नेपाल तर्फका सीमा नाकाहरु ब्नद हुने भएका छन् । भारतको उत्तराखण्ड प्रदेश पीथौरागढ जिल्लाको धारचुला नगरपालीका परिषद्को निर्वाचन १८ नोभेम्बर अर्थात मंसिर २ गते हुने भएकाले उक्त निर्वाचनका बेला नेपाल भारत जोड्ने पुल मंसिर ३ गते सम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 
निर्वाचनमा बेला सुरक्षालाई मध्यनजर गरि सीमा नाका बन्द गर्ने प्रचलन यो भन्दा पहिले पनि भएकोले यसवर्षमा पनि सीमा नाकाहरु बन्द गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमाकान्त आर्चायले बताउनु भयो ।
नेपालमा हुने विभिन्न निर्वाचनका बेला समेत नेपाल भारत जोड्ने सीमा नाकाहरु बन्द गरिएका थिए । यस्तै भारतमा हुने स्थानीय निकायको निर्वाचनका बेला समेत अन्तर्राष्ट्रिय सीमा नाका सील गरिने छ ।
१६ नोभेम्बर अर्थात् कात्र्तिक ३० गते बेलुकी ५ बजेदेखि नोभेम्बर १८ सम्म अर्थात् मंसिर २ गतेसम्म सीमा नाका बन्द गरिने छ । पीथौरागढ जिल्लाको धारचुला नगरपरिषद्को निर्वाचन १८ नोभेम्बर अर्थात् मंसिर २ गते विहान ८ बजेदेखि साँझ ५ बजेसम्म सम्म मतदानको कार्यतालिका रहेकाले भोली साँझ ५ बजेदेखि मंसिर २ गतेसम्म धारचुला नगरपालिका परिषद क्षेत्रसंग जोडिएका सीमा नाकाहरु बन्द गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । धारचुला नगरपालिका परिषद् क्षेत्रसंग जोडिएका सीमा नाकाहरु मात्रै हुने भएपछि जिल्ला सदरमुकाम खलंगाको पुल घाँट मात्रै बन्द रहने भएको छ ।
दार्चुला जिल्लाको मुख्य सीमा नाकाको रुपमा रहेको खलंगा पुलघाँट तीन दिन बन्द रहने देखिएको छ । यस्तै जौलजीवि, दत्तु तथा तिग्रम पुलघाँट भने खुल्ला रहने देखिएको छ । जिल्ला अधिकारी पीथौरागढबाट धारचुला नगरपालिका परिषद् क्षेत्रसंग जोडिएका क्षेत्रमा रहेका सीमा नाकाहरु मात्रै सील गरिने भनि पत्राचार गरेकाले जिल्लाको खलंगा पुलघाँट बाहेक अरु नाका खुल्ला रहने देखिएको छ ।