रघुविर सिह ठगुन्नाले गरे नेपाली काग्रेसमा प्रवेश

५ बर्ष अघि

२0७५ कार्तिक २९ बिहीबार

  रघुविर सिह ठगुन्नाले गरे नेपाली काग्रेसमा प्रवेश

 दृष्टिीकोण समाचार कार्तिक २९ दार्चुला 
जिल्ला प्रदेशसभा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रघुविर सिह ठगुन्ना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिए चुनाव लडेका समाजसेवी ठगुन्ना आज एक कार्यक्रमका विच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । वर्तमान सरकारका कामकारबाही देखी उदासिन र दुखी भएका ठगुन्नाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा प्रवेश गरी सरकारलाई सही दिशा तर्फ लाग्न सुझाव दिन नेपाली कांग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । साथै उहाले नेपाली कांग्रेसको राष्ट्रियता लोकतन्त्र र समाजबाद मन परेका कारण प्रवेश गरेको समेत बताएका छन् ।
   समाजसेवी ठगुन्नालाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य माननिय दिलेन्द्र प्रसाद बडूले नेपाली कांग्रेसको सदस्यता वितरण गर्दै आफ्नो पार्टीमा स्वागत गर्नु भएको छ । यस्तै महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीका नेकपाका क्रियाशिल सदस्य जय सिह बोहरालाई समेत पार्टीमा स्वागत गर्नु भएको छ । बोहरा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश हुनु भएको छ । यसैगरी ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेराका अनविर सिह कुवरलाई पनि नेपाली कांग्रेस पार्टीमा स्वागत गरिनुका साथै सदस्यता वितरण गरिएको छ । कुवरले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नु भएको हो ।