नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०१९ पुर्व वार्षिक समीक्षा सम्पन्न ।

५ बर्ष अघि

२0७५ कार्तिक २९ बिहीबार

नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०१९ पुर्व वार्षिक समीक्षा सम्पन्न ।

दृष्टिकोण समाचार कार्तिक २९ दार्चुला ।।
नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०१९ पुर्व वार्षिक समीक्षा सम्पन्न भएको छ । दार्चुला विकास संगठनको सभाहलमा भएको कार्यक्रममा दार्चुला बाट निर्वाचित प्रदेश सासंद मान बहादुर धामी (सन्तोषको) प्रमुख आर्थित्यता तथा दार्चुला बाट निर्वाचित सासंद गेल्बु सिह बोहराको विशिष्ट आर्थित्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
जिल्लामा भएका मानव अधिकार उल्लघन ज्यादती एवं वञ्चितीकृत समुदायमाथि भएका हिसां विरुद्ध काम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्र कार्कीले बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तक सन १९९२ साल देखि निरन्तर प्रकाशन गदै आएको छ । 
कार्यक्रममा दार्चुलाबाट  निर्वाचित क्षेत्र नम्बर २ का सासंद मान बहादुर धामी सन्ताषले इन्सेक दार्चुलाले राम्रो काम गरिरहेको बताएका छन् । त्यस्तै दार्चुलाबाट निर्वाचित क्षेत्र नम्बर एक का सासंद गेल्बु सिह बोहराले दार्चुला लगायत देशभर नै ईन्सेकले फलदाई कामगरेको बताउनु भयो । कार्यक्रममा बाल्दै  प्रमुख जिल्ला अधिकारी खुमाकान्त आर्चायले सरकारको जस्तै ईन्सेकले काम गरिरहेको बताएका छन् । कार्यक्रममा विभिन्न सरकारी तथा  गैरसरकारी संघ सस्थाका जनप्रतिनिधहरु ,सुरक्षा निकायका प्रमुख ,राजनितिक दलका जनप्रतिनिधिहरु एवम् सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन इन्सेक दार्चुलाका प्रतिनिधि स्वयम नरेन्द्र कार्कीले नै गर्नु भएको हो ।