विद्यालयस्तरीय  समिति गठन 

५ बर्ष अघि

२0७५ कार्तिक २९ बिहीबार

विद्यालयस्तरीय  समिति गठन 


दृष्टिकोण समाचार कार्तिक २९ दार्चुला । समुदाय—प्रहरी साझेदारी अन्र्तगत विद्यालयस्तरीय समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले सदरमुकाम खलंगामा रेहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा विद्यालयस्तरीया समिति गठन गरेको छ । विद्यालयस्तरीय समिति गठनमा संयोजक महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशी, सचिबमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी जवान नन्दराज जोशी, सदस्य नमुना माविका शिक्षक किष्णानन्द अवस्थी, नमुना माविका विद्यार्थी दशरर्थ बडाल लगायत   आठ जनाको समिति गठन भएको छ । विद्यालयमा प्रहरी समितिको बैठक मासिक रुपमा बसी समितिले गरेका विभिन्न कार्यक्रम सञ्चालन गरीने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक प्रदिप चन्दले बताउनु भयो । समुदाय—प्रहरी साझेदारी अन्र्तगत विद्यालयस्तरीय समिति गठन भएपछि विद्यालयमा अध्ययरत विद्यार्थीहरुले सुरक्षाको प्रतिभुति गर्नुका साथै भए गरेका घटना प्रहरीलाई खवरदारी महत्वपूर्ण सहयोग पु¥याउने महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाले मार्मा र अपीहिमाल गाउँपालिकामा पालिकास्तरीय समिित गठन गर्न बाँकी रहेकाे छ ।