नेपाल प्रेस युनियन दार्चुलाको समिति गठन 

५ बर्ष अघि

२0७५ कार्तिक २९ बिहीबार

नेपाल प्रेस युनियन दार्चुलाको समिति गठन 


दृष्टिकोण समाचार कार्तिक २९ दार्चुला । नेपाल प्रेस युनियन दार्चुलाको समिति गठन भएको छ । नेपाल प्रेस युनियन दार्चुलाको पाँचौ अधिवेशन गरी सर्वसहमतिबाट  नेपाल पे्रस युनियन दार्चुलाका अध्यक्ष मनोज बडु निर्वाचित हुन भएका छन् । नेपाल प्रेस युनियन दार्चुलाकाे  समितिको उपाध्यक्षमा सुन्दर सिँह धामी, जनजाति उपाध्यक्ष विशनसिँह बुढाथोकि, सचिब किरनसिँह धामी, सहसचिव भावना सिङ र कोषाध्यक्षमा दमनती जोशी लगायत १३ जना सदस्य रहने गरी नेपाल प्रेस युनियन दार्चुलाको कार्य समिति चयन भएको छ । सुदुरपश्चिम प्रदेशको नेपाल प्रेस युनियनको चयन हुन बाँकी रहेको छ । साथै नेपाल प्रेस युनियनको केन्द्रिय प्रतिनिधिमा विक्रम गिरी, राजेन्द्र प्रसाद बडु, प्रेम चुनारा, कमलराज जोशी, खेमराज बडु, शेरसिँह सामन्त र मञ्जु कोली चयन भएका हुन् ।