दृष्टिीकोेण समाचार कार्तिक २९ दार्चुला ।।
ग्रामीण विकास समाज नेपाल दार्चुलाद्धारा भलिबल खेल सञ्चालन संगै जिल्ला स्तरीय पढाई मेला सञ्चालन भएको छ । २५ औ रजत जयन्ती तथा २६ औ साधारण सभाको पुर्व सन्धामा बुधबार महिला स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरे संगै कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि जिल्ला स्तरीय पठाई मेला सञ्चालन गरिएको छ ।
कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुको शिक्षाको गुणस्तर माथि उकास्ने उद्देश्यले ग्रामीण विकास समाज नेपाल दार्चुलाका टिम लिडर अशोक ओझाले बताउनु भयो । ग्रामीण विकास समाज नेपाल दार्चुलाका अध्यक्ष हरि प्रशाद अवस्थी को अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्रमुख करविरबहादुर कार्कीको प्रमुख आर्थित्यता तथा शैल्यशिखर नगरपालीका नगर प्रमुख अमर सिह धामीको विशिष्ट आर्थित्यतामा कार्यक्रम सम्पन्न भएको हो । आज सञ्चालन भएको पढाई मेलामा नौ वटा विद्यालयहरुले सहभागिता रहेको छ ।
पढाई मेलामा बालबालिकाहरु बिच गणित दौड, हाजिरी जवाफ लगायत साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन् । साथै हिजो भएका महिला भलिबल खेलमा चार ओटा स्थानीय तहरुले मात्रै सेमीफाईनल खेल पुगेका छन् । सेमीफाईनलमा पुग्ने स्थानीय तहहरुमा लेकम गाउँपालीका, मालिकार्जुन गाउँपालीका, दुहु गाउँपालीका र नौगाड गाउँपालीका रहेका छन् । सेमिफाइनलमा पुग्ने टिमहरुले खेल भइरहेकोमा आज बेलुकीसम्म लगभग सकिने टिम लिडर ओझाले बताउनु भयो । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका जनप्रतिनिधिहरु, राजनितिक दलका जनप्रतिनिधिहरु , सुरक्षाकर्मी, गाउँपालीका,नगरपालीका, स्थानीयहरु,एवम् सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।