धर्नामा बसेका निर्मलाका परिवारकाे स्वास्थ्य अवस्था नाजुक

५ बर्ष अघि

२0७५ कार्तिक २९ बिहीबार

धर्नामा बसेका निर्मलाका  परिवारकाे स्वास्थ्य अवस्था  नाजुक


दृष्टिकोण समाचार कार्तिक २९।न्याय माग्दै धर्नामा बसिरहेको निर्मला पन्तका बुवा बिरामी परेका छन । पाँच दिनदेखि जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा धर्ना बसिरहेका निर्मलाका बुवा यज्ञराज पन्तको चिसोको कराण स्वास्थ्यमा समस्या देखिएको हो । हिजो रातीदेखि उनलाई ज्वरो र खोकीको समस्या देखिएपछि उनको अहिले धर्नास्थलमै उपचार भइरहेको अधिकारकर्मी सारदा चन्दले अनमोलपोष्ट जानकारी दिईन । महाकाली अंचल अस्पतालबाट गएको स्वाथ्यकर्मीको टोलीले बुवा यज्ञराजको उपचार गरिरहेको छ । डाक्टरका अनुसार निर्मलाका बुवाको छातीमा ईन्फेक्सन र ज्वरो देखिएको छ । कमजोर शारिरीक अवस्था भएका बुवा यज्ञराजको अवस्था बिग्रँदै गएको अधिकारकर्मी सारदा चन्दले बताईन । उनका अनुसार निर्मलाका आमाको पनि स्वास्थ्यमा समस्या देखिएको छ ।हत्यारा सार्वजनिकको माग राख्दै बिगत ५ दिनदेखी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेट अगाडी त्रिपाल मुनि  निर्मला बुवा, आमा, भाइ बहिनी र अधिकारकर्मीहरु धर्नामा छन ।