प्रहरीले साँझेदारी अभियान बढाउदै, पालिका स्थारबाट वडा र टोल सम्म  

५ बर्ष अघि

२0७५ कार्तिक २८ बुधबार

प्रहरीले  साँझेदारी अभियान  बढाउदै, पालिका स्थारबाट वडा र टोल सम्म  

दृष्टिकोण समाचार दार्चुला 
जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाईमा दार्चुला जिल्लाका ६ वटा पालिका तथा वडा पालिकाहरुमा पनि प्रहरी साँद्धेदारी कार्यसमिति गठन प्रकृयाको थालन गरेको छ । 
बुधबार नेपाल प्रहरीले मालिकार्जुन गाँउपालिका वडा नं. ७ मा वडा स्थरिय प्रहरी साँझेदारी कार्यसमिति गठन गरेका हुन । वडा नं. ७ का अध्यक्ष लोकेन्द्र सहि धामी संयोजक रहने गरि वडा कार्यसमिति गठन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
जिल्ला भरिको शान्ती सुरक्षा कायम गर्न र विकास निर्माणमा प्रहरीको भुमिका पहिचान गरि गाँउ टोल र विद्यालय सम्म प्रहरीको सकृयता देखाउने उदेश्यका साँथ प्रहरी साँझेदारी कार्यक्रम जिल्ला भरिनै लागु गरिन लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भयो । कार्यक्रममा शुभकामना दिदै मालिकार्जुन गाँउपालिका वडा नं. ७ का अध्यक्ष लोकेन्द्र सिह धामीले वडामा रहेका विकृति विसंगती र विकास निर्माणमा यो अभियानले ठुलो सहयोग पुग्ने बताउनु भयो ।