नारामा सुद्ध खानेपानी,, भाँडाँमा ढलको पानी  

६ बर्ष अघि

२0७५ बैशाख २४ सोमबार

नारामा सुद्ध खानेपानी,, भाँडाँमा ढलको पानी  

दृष्टिकोण समाचार, दार्चुला ।
यही बैशाख २५ गते दार्चुला जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिन लागेको छ । दार्चुला जिल्लाको सरसफाई अवस्थाको सुचक पुगेकाले जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले जिल्लालाई खुल्ला दिशामक्त क्षेत्र घोषणा गर्न लागेको हो ।
तर खुल्ला दिशामुक्त हुनु जिल्लाको लागि र नेपाल देशकै लागि राम्रो भएपनि खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालयको जिम्मेवारी भित्र रहेको खानेपानी तथा ढलनिकासको अवस्था भने जिल्लामा बिकराल रहेको छ । स्वाच्छ खानेपानीमा प्रत्येक नागरिकको पहुँच पु¥याउने सरकारको लक्ष्य कागजमा मात्रै सिमित भएपछि महाकाली नगरपालिकाको वडा नम्बर ४ र ५ को खलंगा बजारक्षेत्र जुन जिल्ला सदरमुकाम क्षेत्र पनि हो यसै क्षेत्रमा यो अवस्था देख्दा जिल्लाको ग्रामिण भेगको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । 
खानेपानी तथा सरसफाई सब डिभिजन प्रमुख प्रकाश रावलले दार्चुला जिल्लाको खानेपानी र ढल निकाशका लागि बृहत योजना आउने बताएका छन् । तर त्यसको केही अत्तो पत्तो छैन् । महाकाली किनारका सयभन्दा बढी घरधुरीमा सौचालयको ट्याङ्की नभएपछि पटक पटक यो विषयमा जिल्लाका सरोकारवाला बीच निकै बहस भएका छन् । 
दार्चुलामा सौचालयको दिशा समेत ढलमा मिसाएर त्यसलाई पुन प्रसोधन गरी पानी बन्ने प्रक्रिया सहितको ढल व्यवस्थापन कार्यक्रम लागु हुने बताइएको छ । तर जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको चाँसो नहुनु र महाकाली नगरपालिकाले पनि खानेपानी र ढलनिकाश सम्बन्धी दिगो विकास र रणनीति नहुँदा यो समस्याले सामाधान पाउन नसकेको जानकारहरुको भनाई छ ।
जिल्लाका सबैजसो गल्ली र सडकपेटीको छेउमा रहेको खानेपानी तथा ढलनीकासले फोहर मात्रै नगरी जिल्ला सदरमुकाम आउने अन्य व्यक्तिको पनि ध्यान तान्ने गरेको छ । साथै सडकमा हिड्ने जो कोहीले पनि नाक बन्द गर्नु पर्ने, लडिएला भनेर जतन गरी हिड्नु पर्ने बाध्यता रहेको आम गुनासो छ । 
सुद्ध खानेपानीको व्यवस्था त परै जाओस ढलको फोहरपानी बग्ने नालीमै खानेपानीको पाइप विछ्याउँदा दार्चुलाबासीले ढलको पानी मिसाएर पानी खानु परेको छ । 
जिल्लामा बस्दा अझ राम्रो काम गर्नेछु, प्रजिअ आचार्य 
दार्चुलाको जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै दार्चुला आउनु भएका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले दार्चुला जिल्लामा बस्दा पहिलेको भन्दा झन राम्रो काम गर्ने बताएका छन् । 
आइतबार सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा यो भन्दा पहिले भएको समग्र विकास निर्माण र जिल्लाको बस्तुस्थितिलाई कमि हुन नदिनु साथै त्यसमा झन राम्रो काम गर्ने सञ्चारकर्मीहरुलाई बताएका हुन् । 
यसका लागि सञ्चारकर्मी, राजनीतिकर्मी, लगायत जिल्लाबासी सबैले साथ सहयोग गर्नेमा पनि आफु विस्वस्त रहेको आचार्यको भनाई छ । गृहमन्त्रालयको सिमा प्रशासन शाखामा लामो समय काम गरेका आचार्यलाई मन्त्रालयले  दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारी जिम्मेवारीमा दार्चुला सरुवा गरेको हो । 
शुक्रबार दार्चुला आईपुगेका प्रमुख जिल्ला अधिकारी आचार्यले आज विभिन्न सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाँट तथा परिचयात्मक कार्यक्रम गरेका छन् भने आइतबार कर्मचारी मिलनकेन्द्रले प्रमुख जिल्ला अधिकारीको स्वागत पनि गरेको छ ।