दार्चुलाका ईश्वर महताको ४२ जिल्लाको साईकल यात्रा पुरा ।।

५ बर्ष अघि

२0७५ कार्तिक २८ बुधबार

दार्चुलाका ईश्वर महताको ४२ जिल्लाको साईकल यात्रा पुरा ।।

 ललित सामन्त कार्तिक २८ दार्चुला ।।  
दार्चुलाका ईश्वर महताको ४२ जिल्लाको साईकल यात्रा पुरा गरेका छन् ।  जन्मथलोमा गाडी नै नपुगेका बेला ईश्वर महताले साईकल यात्रा ७ नम्बर प्रदेश त्यसैगरि कर्णाली प्रदेश गरि नेपालका २ ओटा प्रदेशको यात्रा गरिसकेका छन् । भने अहिले गण्डकी प्रदेशको यात्रामा पुगेका छन् । आजमात्रै पोखराको भम्रण गरिसकेर पर्वत जानलागेको उहाले बताउनु भयो । दार्चुलाका मार्मा गाउँपालीका वडा नम्बर ६ शेरीमा जन्मेका ईश्वर सिह महताले गाउँमा गाडी समेत देख्न पाएका थिएन् । भने साईकल चढ्न पनि पाएका थिएनन् ।आफुनो विद्यार्थी जिवनमा पुस्तकका पानाहरुमा साईकलका चित्रहरु देख्ने र आफुपनि साईकलमा चढ्न पाएको भए जस्तो महसुस गर्ने महताले जिवनको ३१ वर्ष पारगरेपछि मात्रै अहिले साईकल यात्रा गरिरहेका छन् ।नेपालका ७७ ओटै जिल्लाको साईकल यात्रा गर्ने लक्ष्य लिएको महताले दार्चुला जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु चिनाउने र सबै नेपाली एक हौ सबै नेपालीले फुट्टने  भन्दा पनि जुटटने बेला आएको र देश विकासमा युवाहरुबाटै पहल गर्ने उद्देश्यले आफुले साईकल यात्रा गरको  महताले बताउनु भयो ।

१३ ÷१४  वर्षको उमेरमा भारत पलायन भएका महताले भारतमै साइकल चढ्ने पहिलो अवसर पाएका थिए । सानै उमेरमा भारत पसेका महताले भारतमा साइकल सिकेर नेपाल फर्किएका महताले गाउँमा भने साइकल सिकेर पत्रिका वेचेर दैनिकी चलाएका थिए । मर्मा गाउँपालीकाको वडा नम्बर ६ शेरीलाई सडक सञ्जालले छोएको समेत छैन सडक सञ्जाल नपुगेका महताले स्वदेशमा फर्किएपछि आफनो जन्मथलोमा साइकल चढ्न पाएका थिएनन् । लामो समय भारतमा विताएका ईश्वर महताले अहिले साईकल मात्रै नभई साना सवार िसाधन चलाउने लाईसेन्स समेत पाएका छन् । उनी एउटा सवारी चालक पनि हुन साना सवारी चालक अनुमति पत्र समेत पाएका महताले अहिले साईकल यात्रा गरिरहेका छन् । कतारमा ४ वर्ष बिताएर उनी गत साउनमा आफनै भुमी फर्किएका  हुन  । प्रदेशमा नेपाली र विशेषगरि महिलाले पाएको पीडा असह्य भयो । नेपाल फर्किएपछि आफनै माटो चिनाउन उनलाई मन लाग्यो । प्रदेश ७ का नौ जिल्लाका १० धार्मिक तथा पर्यटकीय स्थलको फोटो सहितको पल्ोक्स तयार पारेका  छन् । साईकलको अगाडी नेपालको झन्डा र पछाडी बाधेर उनी निस्किए प्रदेश चिनाउन आफनै मुलुकका हरेक जिल्ला र स्थानीय तह पुग्छु भन्दा आफनै मार्मा गाउँपालीकाले उनलाइृ सिफारिस दिएन । दार्चुलाको महाकाली नगरपालीका ४ खलंगाबाट गत भदौ १४ गते बाट साइकलयात्रामा निस्किएका उनलाई प्रदेश ७ को उद्योग ,वन ,तथा वातावरण मन्त्रालयले भने सिफारिस दिएको थियो ।

घर छाडेर यात्रामा निीस्कएका उनी झन्डै दुई महिना अवधिमा चार ओटा प्रदेशका ३५ जिल्ला घुमिसकेको महताले बताएका छन् । दार्चुलाको अपि हिमाल र मालिकार्जुन धाम बैतडीको निङला शैनी मन्दिर , डडेलधुराको उग्रतारा देवी मन्दिर ,कञ्चनपुरको दोधरा चादनी झोलुंगे पुल बाजुराको बडीमालिका मन्दिर बझाङको सुर्मा भवानी मन्दिर कैलालीको घोडा घोडी ताल अछामको वैद्यनाथ मन्दिर र डोटीको शैलेश्वरी मन्दिरको तस्बिर लिएर उनी निस्केका छन् । आफनो प्रदेश चिनाउन र प्रचार प्रसार गर्नलाई उनी रहर वा बाध्यता केही पनि नभएको बताउछन् । मैले कसै सित एक पैसा मागेको पनि छैन । माग्नेवालापनि छैन भनेर महता भन्नु हुन्छ । विदेश रहदा अलिकति कमाएको छु । उनले भनेका छन् । मलाइ मेरो देशको  माया छ ,। मेरो प्रदेशको माया छ । आफनै खर्चमा हिडेको छु । देशमै रहेर समाज सेवामा लाग्ने बताएका उनले अब विदेश नजाने अठोट लिएका छन् । विदेशमा बस्दा धेरै दुःख पाएँ ।

नेपाली नारीले कति दुः ख पाएका छन् । देख्ने भोग्नेलाई मात्रै थाहा हुन्छ । त्यही कथा बोकेर म नेपाल फर्केको हु । जीवनको करिब एकतिहाई समय विदेशमा विताएका महताले रोजगारीको खोजी गर्दै साउदी पुग्दा नगरपालीकाको फोहार फाल्ने गाडीको चालक को काम पाएका थिए आफु गएको कम्पनीमा भनेअनुसारको काम नपाएपछि उनी फोहार फाल्ने  गाडीका चालक बनेका थिए अहिले उनी नेपाली चेलीहरुलाई खाडी मुलुकहरुमा नपठाऔ भन्ने सन्देश लिएर हिडेका छन् । विदेशमा ज्यान गुमाएका वा अंगभंग भएका परिवारलाई आत्मनिर्भर बन्ने बाटो देखाउने काममा लागिरहेको पनि महताको भनाई छ । गत वर्ष कतारमा खोलीएको मेची महाकाली सेवा समाजमा संलग्न भएका छन् ।