निर्मला पन्तको घटना सार्वजनिक गर्न नसक्नु सरकार कै कमजोरीः बडु

६ बर्ष अघि

२0७५ कार्तिक २८ बुधबार

निर्मला पन्तको घटना सार्वजनिक गर्न नसक्नु सरकार कै कमजोरीः बडु


दृष्टिकोण समाचार कार्तिक २८, दार्चुला ।
 दार्चुला जिल्लाबाट  निर्वाचित समानुपातिक  सांसद दिलेन्द्र प्रसाद बडुले यसै साल साउन १० गते घटेको घटना निर्मला पन्तको बलत्कार पछि हत्या गरेको घटना सार्वजनिक गर्न नसक्नु सरकारको कै  कमजोरी रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन शाखा दार्चुलाले आयोजना गरेको नेपाल पे्रस युनियन दार्चुलाको पाँचौ जिल्ला अधिवेशनमा बोल्दैँ नेपाल प्रहरीले विश्वमा नै उच्च स्थान पाएकोमा नेपाल प्रहरीले निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटना सार्वजनिक गर्न नसकेर बदनामी खेप्नु परेको सांसद बडुले बताउनु भयो । सरकारले देशमा रेल तथा पानीजहाज किन्न भन्दा पनि उत्पादनमा जोड आवश्यक  बताएका छन् । नेपाल कृषि प्रधान देश भएर पनि भारत लगायत विदेशी मुलुकहरुबाट खाद्यान्न लगायत अन्य वस्तु आयत गर्दा लाखौँ रुपैँया विदेशीने गरेको तथा स्वदेशमा रोजगारी नहुदाँ नेपालीहरु विदेशिनु परेको बडुले बताउनुभयो  ।  
देशको विकास गर्नका लागि रेल सञ्चालन तथा पानीजहाज किन्ने तिर नभएर उद्योगधन्दा खोल्ने, कृषिमा आधुनिकरण गर्नुपर्ने, पशुपाल व्यवसाय लगायतका रोजगारी मुलुक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।