नेपाल पे्रस युनियन शाखा दार्चुलाको पाचौँ जिल्ला अधिवेशन सम्पन्न

६ बर्ष अघि

२0७५ कार्तिक २८ बुधबार

नेपाल पे्रस युनियन शाखा दार्चुलाको पाचौँ जिल्ला अधिवेशन सम्पन्न


दृष्टिकोण समाचार कार्तिक २८, दार्चुला ।।
नेपाल प्रेस युनियन दार्चुलाको आयोजनामा दार्चुला जिल्लामा नेपाल पे्रस युनियनको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । “संद्यिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन, पत्रकारहरुको पेसागत र भौतिक सुरक्षा अभियान” भन्ने मुल नाराका साथ नेपाली कांगे्रस दार्चुलाको पार्टी कार्यालयमा उत्त कार्यक्रम सम्पन्न भएको हो  । नेपाल प्रेस युनियन शाखा दार्चुलाका अध्यक्ष खेम राज बडुको अध्यक्षता एवंम समानुपातिक सांसद दिलेन्द्र बडुको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि पे्रस युनियनका महासचिव शिवाकोटी र नेपाली कांग्रेस दार्चुलाका जिल्ला सभापति ललित सिँह बोहरा, अतिथि जिल्ला समन्वय समितिका प्रमुख करबिर बहादुर कार्की, नेपाली कांगेसका सचिब हरक सिँह विष्ट, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिँह धामी, सञ्चारकर्मी लगायत नेपाली कांग्रेस पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा प्रेस युनियन शाखा दार्चुलाले पत्रकारीता क्षेत्रमा  महत्वपूर्ण सहयोग पु¥याउने व्यक्ति तथा पत्रकारहरु सम्मान समेत गरेको छ ।