भीरबाट लडेर एक युवकको मुत्यु र एकजना घाइते

५ बर्ष अघि

२0७५ कार्तिक २८ बुधबार

भीरबाट लडेर एक युवकको मुत्यु र एकजना घाइते

दृष्टिकोण समाचार कार्तिक २८। बैतडी । भीरबाट लडेर एक युवकको ज्यान गएकाे छ ।  एक युवक घाइते भएका छन् ।  ज्यान जानेमा सिगास गाउँपालिका ५ का १९ वर्षीय बिरे चुनारा रहेका हुन् । मंगलबार राति सिगास गाउँपालिका ३ मा रहेको भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका युवाहरुले जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली पुगेको थियो । प्रहरीको टोली पुगेपछि भागाभाग हुँदा भीरबाट खसेका चुनाराको  घटनास्थलमै ज्यान गएको थियो । भाग्ने क्रममा सिगास ५ का ३४ वर्षीय पते दमाई घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज  जोशीले बताउनु भयो ।  घटनास्थल क्षेत्रमा जिल्लाबाट अहिले प्रहरी टोली खटाइएको भए पनि टेलिफोन सम्पर्क हुन नसक्दा घटनाको पूर्ण विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भूमिराज मन्दिरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरासमेत दर्शन गर्न जानुभएकाले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।