सुनको भाउ तोलामा १८ सय रुपैयाँ घट्यो

५ बर्ष अघि

२0७५ कार्तिक २८ बुधबार

सुनको भाउ तोलामा १८ सय रुपैयाँ घट्यो

दृष्टिकोण समाचार कार्तिक २८। काठमाडाैं । यो महिनामा सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको छ । एक गते तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ५८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । १ गते ६० हजारमा कारोबार भएपनि ८ गते भाउ बढेर ६ वर्षयताकै महंगो तोलाको ६३ हजार ४ सय रुपैयाँ पुगेको थियो । यस्तै फेरि बिस्तारै घटेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको हो । डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ घटेको महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।