ग्रामीण विकास समाज नेपाल दार्चुला द्धारा भबिलखेलको उद्घाटन

५ बर्ष अघि

२0७५ कार्तिक २८ बुधबार

ग्रामीण विकास समाज नेपाल दार्चुला द्धारा भबिलखेलको उद्घाटन

दृष्टिकोण समाचार, कार्तिक २८ दार्चुला ।।
ग्रामीण विकास समाज नेपाल दार्चुला द्धारा महिला भलिबल खेलको उद्घाटन गरिएको छ । २५ औ रजत जयन्ती तथा २६ औ साधारण सभाको पुर्व सन्धायामा महिला भलिबल खेलको आयोजना गरिएको हो । दार्चुलाका नौ ओटै स्थानीय तहहरुमा रहेका महिलाहरुको जिवन स्तरमाथि उकास्ने र खेल क्षेत्रमा प्रोस्साहित गर्ने उद्देश्यले भलिबल खेलको उद्घाटन गरिएको हो । 
दार्चुलाको महाकाली नगरपालीका वार्ड नम्बर ४ स्थित खुल्ला मञ्चमा खेलको उद्घाटन गरिएको हो । खेल कार्तिक २८ गते देखि कार्तिक ३० गते सम्म चल्ने बताइएको छ । जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको अध्यक्षता एव्म दार्चुृलाबाट निर्वाचित समानुपातीक सासंद दिलेन्द्र प्रसाद बडुको प्रमुख  आर्थित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै स्थानीय तह हरुका प्रमुखले ग्रामीण समाज नेपाललाई आ आफनो गाउँ तथा नगरबाट सहयोग गर्ने बताएका छन् ।  त्यस्तै जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीले विगतका दिनहरुमा पनि यो संस्थाले उल्लेखिनिय काम गरिरहेको बताउनु भयो ।  दार्चुला बाट निर्वाचित सासंद दिलेन्द्र प्रसाद बडुले गा्रीमीण विकास समाज नेपालले सरकारले गरेका कामहरु संग हातेमालो गदै गएको र अरु संस्थाहरुलाई पनि आफुसंगै लौजान आग्रह गर्नु भएको छ त्यस्तै उहाले सामाजिक सुधार ,समाज सुधार तिर गइरहेको प्रति सासंद बडुले ग्रामीण समाज नेपाललाई धन्यबाद समेत दिनु भएको छ । त्यस्तै कार्यक्रममा विभिन्न नगरपालीका ,गाउँपालीकाका प्रमुख एवम् उपप्रमुख विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्थाका प्रतिनिधिहरु राजनितिक दलका जनप्रतिनिधिहरु सुरक्षाकर्मीहरु सर्वसाधण लगायत सञ्चारकर्मीहरुको उपस्थीति रहेको थियो । भने कार्यक्रमको सञ्चालन गा्रमीण समाज नेपाल दार्चुलाका टिम लिडर अशोक अ‍ोझाले गर्नु भएको हो ।