जिल्लामा बस्दा अझ राम्रो काम गर्नेछु, प्रजिअ आचार्य 

६ बर्ष अघि

२0७५ बैशाख २४ सोमबार

जिल्लामा बस्दा अझ राम्रो काम गर्नेछु, प्रजिअ आचार्य 

दृष्टिकोण सामाचार, दार्चुला । 
दार्चुलाको जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै दार्चुला आउनु भएका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले दार्चुला जिल्लामा बस्दा पहिलेको भन्दा झन राम्रो काम गर्ने बताएका छन् । 
आइतबार सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा यो भन्दा पहिले भएको समग्र विकास निर्माण र जिल्लाको बस्तुस्थितिलाई कमि हुन नदिनु साथै त्यसमा झन राम्रो काम गर्ने सञ्चारकर्मीहरुलाई बताएका हुन् । 
यसका लागि सञ्चारकर्मी, राजनीतिकर्मी, लगायत जिल्लाबासी सबैले साथ सहयोग गर्नेमा पनि आफु विस्वस्त रहेको आचार्यको भनाई छ । गृहमन्त्रालयको सिमा प्रशासन शाखामा लामो समय काम गरेका आचार्यलाई मन्त्रालयले  दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारी जिम्मेवारीमा दार्चुला सरुवा गरेको हो । 
शुक्रबार दार्चुला आईपुगेका प्रमुख जिल्ला अधिकारी आचार्यले आज विभिन्न सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाँट तथा परिचयात्मक कार्यक्रम गरेका छन् भने आइतबार कर्मचारी मिलनकेन्द्रले प्रमुख जिल्ला अधिकारीको स्वागत पनि गरेको छ ।