राष्ट्रिय मानव अधिकारसम्बधी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

५ बर्ष अघि

२0७५ कार्तिक २७ मंगलवार

राष्ट्रिय मानव अधिकारसम्बधी अन्तरक्रिया कार्यक्रम सम्पन्न  ।

ललित  सामन्त कार्तिक २७ दार्चुला ।।
राष्ट्रिय मानव अधिकारसम्बधी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको कार्यक्रममा राट्रिय मानव अधिकारकर्मी झक्क रावलको अध्यक्षतामा भएको हो । राष्ट्रिय मानव अधिकारकर्मीका सदस्य गोविन्द्र शर्मा पौडेलले     कार्यक्रम गर्नुको उद्देश्य ,त्यसको औचित्यका बारेमा कार्यक्रमका सहभागिहरुलाई जानकारी गराउनु भएको हो । उहाले सिमा क्षेत्रमा बसोवास गर्ने मानव अधिकारको अवस्था बुझने उद्देश्यले कार्यक्र्रमको आयोजना गरेको रावलले बताउनु भयो  झापा देखि महेन्द्रनगर सम्म कार्यक्रम गरि सकेको रावलले बताउनु भयो । हिजोको बहादुरी नेपालीहरु अहिले भ्रष्टाचारी भएर हिड्न लागेको र भ्रष्टाचारीहरुकै हाम्रो देशमा सम्मान भईरहेको पनि उहाले कार्यक्रमका सहभगिहरुलाई जानकारी गराउनु भएको छ ।
मानव अधिकार सम्बधी कामहरु नेपालका धेरै जिल्लामा गरिसकेको र दार्चुलामा पनि भएका समस्याहरुलाई नेपाल सरकारसम्म पुगाउने र समस्यालाई समाधान गर्नेमा ठुलो सहयोग पुग्ने उहाले बताउनु भयो । कार्यक्रममा बोल्ने अधिकाश बतmाहरुले महाकाली करीडोर , तिंकर सडक , तुईनको समस्याको बारेमा मानवअधिकारकर्मीहरुलाई जानकारी गराउनु भएको छ । 
इन्सेकका प्रतिनिधि नरेन्द्र कार्कीले दार्चुलाको प्रमुख बाटो तिंकर सडक निर्माणमा ढिलाई भईरहेका त्यसप्रति कसैको ध्यान नगएको र हिमाली क्षेत्रमा बसोबास गर्ने व्यतिmहरुले तुईनको बाटो भएर आउनु पर्ने र कतिपयले तुईन पार गर्ने नसकेर अकालमै ज्यान गुमाउनु परेको र त्यहाका व्यतिहरुले दार्चुृला सदरमुकाम आउन पनि नेपाल तिरको बाटो नभएपछि भारतको बाटो भएर आउनु पर्ने बाध्यता रहेको गुनासो गर्नु भएको छ । त्यस्तै उहाले दार्चुलाको लेकम क्षेत्रमा रहेको लालीको झोलुङगे पुल निर्माणकार्य सम्पन हुन नसक्दा लालीका स्थानीयहरुले समस्या झेली रहेको पनि कार्कीले कार्यक्रमका सहभागिहरुलाई जानकारी गराउनु भएको हो । त्यस्तै जिल्ला शिक्षा समन्वय एकाई प्रमुख जयराज पन्तले शिक्षा क्षेत्रमा दरबन्दीको प्रमुख समस्या भएको बताउनु भएको  छ  । त्यस्तै उहाले दार्चुला जिल्लामा अझैपनि बालबालिकाहरु गडीमा र होटेलहरुमा देखीने गरेको पनि उहाले बताउनु भयो । त्यस्तै सुरक्षा निकायका प्रमुख एव प्रहरी निरीक्षक नवराज अधिकारीले महिलाहरु सिमा नाकाहरु पठाउनको लागि महिलाको लागि बस्ने नेपाल सरकारले व्यवस्था नग्र्दा  त्यसमा पनि कमी भएको उहाले बताउनु भयो ।  कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की महाकाली नगरपालीकाका नगर प्रमुख हंष राज भट्ट, सुरक्षा निकायका प्रमुख राजनितिक दलका प्रतिनिधिहरु समासेवी ,सञ्चार कर्मीहरुको सहभागिता रहेको थियो ।