ऐतिहासिक जोलजिवी मेला महोत्सवको तयारी अन्तिम चरणमा ।।

५ बर्ष अघि

२0७५ कार्तिक २७ मंगलवार

ऐतिहासिक जोलजिवी मेला महोत्सवको तयारी अन्तिम चरणमा ।।

रमेश खत्री कार्तिक २७ दार्चुला 
दार्चुला जिल्लामा पहिलो पटक हुन लागेको ऐतिहासिक जोलजिवी मेला महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मालिकार्जुन गाउँपालिका वाड नम्बर ७ जोलजिवीमा मङसिर १ गते देखि ५ गते सम्म ऐतिहासिक जोलजिवी मेला  लाग्ने भएको छ । सुदुर पश्मिको धार्मिक स्थलहरुको पहिचान गरी स्थानीय कला सँस्कृतिलाई जोगाउने उद्देश्यले  ऐतिहासिक जोलजिवी मेलाको आयोजना गरेको मालिकार्जुन गाउँपालीका  वडा नम्बर ७ का वडा अध्यक्ष लोकेन्द्र सिह धामीले बताउनु भयो । 
ऐतिहासिक जोलजिवी मेलाको निर्माण कार्य भोली मात्रै सकिने र मेला महोसत्वको उद्घाटनको लागि  प्रदेश नम्बर ७ का वन मन्त्री माया भट्टले गर्ने साथै उद्घाटन  मंसिर १ गतेको दिउसो २ बजे  हुने वडा अध्यक्ष धामीले जानकारी दिनु भएको छ  । मेला महोत्सवका मुल आर्कषणहरु स्थानीय तथा राष्ट्रीय कलाकारहरुको विजोर प्रस्तुति रहने मेला व्यवस्थापन प्रमुख तथा मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष  धामीले बताउनु भयो । महोत्सवमा जुवा तास जाँड रक्सी जस्ता बस्तुहरुको भने आयोजक समितिले पुर्णरुपमा बन्द गरिएको पनि धामीले जानकारी दिनु भएको छ 
उक्त मेला महोत्वस मालिकार्जुन गाउपालिका र मालिकार्जुन गाउँपालिका वाड नम्बर ७ को आयोजनामा हुन लागेको हो ।