टिपर र माेटरसाइकलकाे ठक्करबाट एकजनाको मृत्यु र एक घाइते

५ बर्ष अघि

२0७५ कार्तिक २७ मंगलवार

टिपर  र माेटरसाइकलकाे ठक्करबाट  एकजनाको मृत्यु र एक घाइते

दृष्टिकोण समाचार कार्तिक २७ । तुलसीपुर।  दाङमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखन्डको रावतगाउँ चोकनजिकै मंगलबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ । घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा३प ८०८२ नम्बरको मोटरसाइकललाई रा१क ५८२ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६, सानीअम्बापुर निवासी ४२ वर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । खत्रीलाई टिपरले च्यापेको छ । ठक्करपछि सडकदेखि तल खसेका मोटरसाइकल चालक सानीअम्बापुरकै वसन्त गिरी घाइते भएका छन् । गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीचौकी सर्राले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विवेक महराले जानकारी दिएका छन् ।