५ लाख रुपैयाँ घुस लिने सह–न्यायधीवक्ता थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

५ बर्ष अघि

२0७५ कार्तिक २७ मंगलवार

५ लाख रुपैयाँ घुस लिने सह–न्यायधीवक्ता थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

दृष्टिकोण समाचार कार्तिक २७ । कास्की । उच्च सरकारी वकील कार्यालय, पोखरा कास्कीका सह–न्यायधीवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने लोभ देखाएर सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिइरहेको अवस्थामा सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका थिए ।  उनलाई हदैसम्मको जरिवाना र कैद सजाय माग गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।