सुदूरपश्चिमको सामाजिक विकास मन्त्री सुवेदी हुने

५ बर्ष अघि

२0७५ कार्तिक २७ मंगलवार

सुदूरपश्चिमको सामाजिक विकास मन्त्री सुवेदी हुने

दृष्टिकोण समाचार कार्तिक २७ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेपछि सुवेदीले मौका पाएका हुन् । सुवेदीको मंगलबार साँझ ४ बजे सपथग्रहण हुने सम्भावना छ । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् । पार्टीभित्र सोडारी र सुवेदी दुवैजना माधव नेपाल पक्षका हुन् ।