भाइटिका लगाइदिएकाे भार्इबाटै बहीनीलार्इ खुकरी प्रहार

५ बर्ष अघि

२0७५ कार्तिक २७ मंगलवार

भाइटिका लगाइदिएकाे भार्इबाटै बहीनीलार्इ खुकरी प्रहार

दृष्टिकोण समाचार कार्तिक २७ । ताप्लेजुङ  जिल्लाको फुङलिङ नगरपालिका ३ का विवस मगरले आफैंलाई भाइटिका लगाइदिएकी बहिनी र दुई भाञ्जीमाथी खुकुरी प्राहार गरेका छन् । दाजुलाई टिका लगाउन धनकुटाबाट आएकी बहिनीलाई मंगलबार बिहान घर फर्कन लाग्दा खुकुरी प्रहार गरेका हुन् ।बहिनी र भञ्जीहरुलाई खुकुरी प्रहार गरे पश्चात उनले आफ्नै पेटमा खुकुरी छिराएका थिए।गम्भीर घाइते भएकी बहिनी रेनुका मगर भुजेल, भाञ्जीद्वय ८ वर्षीया कृष्टिना र ६ वर्षीया ओरिना भुजेलको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको छ। विवसको पनि उपचार भइरहेको छ। रेनुका, कृष्टिना र ओरिनाको अधिकांश चोट टाउकोमा परेको छ। गाडी चढ्न हिँड्न लागेका बहिनी र भाञ्जीलाई बिहान ५ बजेको समयमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुखप्रहरी निरीक्षकलक्ष्मण थापा मगरले जानकारी दिए। उनीहरुलाई हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुको शिक्षण अस्पतालमा उपचार भइरहेकाे परिवारले‍ जनाएकाे छ । खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन। सबै घाइते भएको र उपचारमा रहेकाले घाइतेहरुको उपचारपछि अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।