६ वटा स्थानीय तहमा पालिकास्तरीय समिति गठन 

५ बर्ष अघि

२0७५ कार्तिक २७ मंगलवार

६ वटा स्थानीय तहमा पालिकास्तरीय समिति गठन 


दृष्टिकोण समाचार कार्तिक २७, दार्चुला । नेपाल प्रहरीले कार्तिक ११ गते देखि  दिन देशभरी सञ्चालन गरीएको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्ने जिल्लास्तरीय, पालिकास्तरीय, वडास्तरीय, टोल, विद्यालय स्तरीय समिति लगायत विभिन्न समिति गठन गर्न लागेको छ ।

 
देशैभरी समिति गठन गरीदाँ जिल्ला प्रहरी कार्यालय दार्चुलाले पनि विभिन्न कार्यक्रम गरी  ६ वटा स्थानीय तहहरुमा पालिकास्तरीय समिति गठन गरेको छ । नौ वटा स्थानीय तहहरु रहेको दार्चुलामा महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिकामा पालिकास्तरीय समिति गठन गरीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक प्रदिप चन्द्रले जानकारी दिनु भयो । मार्मा र अपीहिमाल गाउँपालिकामा पालिकास्तरीय समिति गठन हुन बाँकी रहेको छ । 

समुदाय—प्रहरी साझेदारी  जिल्लास्तरीय समितिका सल्लाहकार तथा जिल्ला समन्वय समितिका प्रमुख करबिर बहादुर कार्की, जिल्लास्तरीय संयोजक तथा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य तथा जिल्ला स्तरीय सह—संयोजक तथा प्रहरी नायव उपरिक्षक तथा सबै सरोकारबालाहरुको उपस्थितिमा  पालिकास्तरीय समिति गठन गरीएको हो । पालिकास्तरीय समितिको संयोजक नगर प्रमुख तथा गाउँपालिका अध्यक्ष, उपसंयोजक उप नगरप्रमुख तथा गाउँपालिकाका उपाध्यक्ष, सह—संयोजक प्रहरी र नगरपालिका तथा गाउँपालिकाका सबै पक्षहरु सदस्य रहने गरी समिति गठन गरीएको प्रहरी नायव उपरिक्षक नवराज अधिकारीले जानकारी दिनु भएको छ ।“हर प्रहर गाउँ नगरी, टोलटोलमा नेपाल प्रहरी” भन्ने मुल नाराका साथ केन्द्रिय सरकार देखि नै स्थानीय तहको हरेक गाउँ र टोलसम्म शुरु भएको प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन गर्न समिति गठन गरेर हरेक नागरिकले सुरक्षाको अनुभुति गर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।