शान्ति सुरक्षा संगै विकास निमार्णमा पनि प्रहरीले काम गर्ने 

५ बर्ष अघि

२0७५ कार्तिक २७ मंगलवार

शान्ति सुरक्षा संगै विकास निमार्णमा पनि प्रहरीले काम गर्ने 

राम सिह धामी, दार्चुला ।
दार्चुला जिल्लाको समग्र विकास निमार्णको क्षेत्रमा प्रहरीको ठुलो भुमिका रहने भएको छ । 
जिल्लाको शान्ती सुरक्षामा सहयोग पुगाउने उदेश्यका साँथ गाँउ र नगर प्रहरी साँझेदारी कार्य समिति गठनको क्रममा सोमबार व्याँस गाँउपालिका र दुहूँ गाँउपालिकामा पालिका प्रहरी साँझेदारी समिति गठन गरेका छन । 
प्रहरी साँझेदारी कार्यक्रममा शुभकामना मन्तव्य दिदै व्याँस गाँउपालिकाका अध्यक्ष दिलिम सिह बुढाथोकिले देशको विकासलाई शान्ती सुरक्षाको क्षेत्रमा मात्रै नभई गाँउटोल, जिल्ला र देशको विकास गर्न गाँउपालिका प्रहरी साँझेदारी कार्यक्रमले महत्वपरण भुमिका खेल्ने बताउनु भयो । 


जिल्ला प्रहरी कार्यालय दार्चुला र गृहमन्त्रालयको निर्र्देशनमा दार्चुला जिल्लाका २ नगरपालिका र ४ गाँउपालिकामा प्रहरी साँझेदारी कार्य समिति गठन गरि सेकेका छन । दुहँु गाँउपालिकामा समिति गठन गरे पश्चात दुुहुँ गाँउपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले समाजमा विभिन्न प्रकारका विकृति हुन्छन त्यसको न्युनिकरणमा प्रहरीको मात्रै भुमिका नभई प्रहरी साँझेदारी कार्यसमितिको पनि भएकाले समाजलाई स्वस्थ तन्दुरस्त गराउन हामी सबैको भुमिका रहने बताउनु भयो ।  जिल्ला समन्वय प्रमुख करविर बहादुर कार्कीले सबै पालिका र नगर प्रहरी साँझेदेरी कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिदै शान्ती सुरक्षामा मात्रै नभई विकास निर्माणमा पनि यस्ले काम गर्ने भएकाले सबैले मिली गाँउ टोल र समाजको परिवर्तन गर्न सबैलाई आग्रह गरेका छन । 


दार्चुला जिल्लाका महाकाली नगरपालिका, शैल्य खिशर नगरपालिका, मालिकार्जुन गाँउपालिका , नौगाड गाँउपालिका, दुहुँ गाँउपालिका र व्याँस गाँउपालिकामा प्रहरी साँझेदारी कार्यसमिति गठन गरिसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपिरक्षक नवराज अधिकारीले जानकारी दिनु भयो । 
दार्चुला जिल्ला भरि रहेका स्थानिय तहहरुमा देशव्यापि रुपमा चलेको अभियान कार्यन्यनका लागि जिल्ला प्रहरी कार्यालय तथा सरोकारवाला निकाय लागि परेको पनि प्रहरी नायव उपरिक्षक  अधिकारीले बताउनु भयो । प्रहरीले शान्ती सुरक्षामा मात्रै नभई समाजको परिवर्तन र बिकासमा पनि भुमिका खेल्ने भएकाले सबै स्थानीय तहका टोल टोल सम्म समिति गठन गरि काम गर्ने जिल्ला प्रहरी कार्यलय दार्चुलाले बताउनु भयो ।