दार्चुला जिल्लामा अझै पनि ९० प्रतिशत महिला महीनावारी भएका बेला शैचाल्य प्रयोग गर्देनन ।। 

६ बर्ष अघि

२0७५ बैशाख १९ बुधबार

दार्चुला जिल्लामा अझै पनि ९० प्रतिशत महिला महीनावारी भएका बेला शैचाल्य प्रयोग गर्देनन ।। 

दार्चुला समाचार,,
दार्चुला जिल्ला भरि रहेका करिव ९५ प्रतिशत घरहरुमा शैचालय निर्माण गरिएका भए पनि अझै पनि ९० प्रतिशत महिलाहरुले महिनावारी भएको बेनला प्रयोग न गर्ने गरेको पाईएको छ । 
दार्चुला जिल्लालाई सन २०१७ मा खुल्ला दिशा मुक्त गर्ने उदेशयका साँथ जिल्लाको सरसफईमा तिव्रता दिएको थियो । तर हाल जिल्लका सबै स्थानीय तहहरुलाई खुल्ला दिशा मुक्त घोषण गरिएका भएपनि जिल्ला भरि रहेका सबै स्थानीय तहमा रहेका महिलाहरुले प्राय महिनावारी भएका बेला शैचालय प्रयोग न गर्ने गरेको गोकुलेश्वर मावि गोकुलेका शिक्षक गणेश दत्त विष्टले जानकारी दिनु भयो । 
दाचुला जिल्ला भरि रहेका सबै विद्यालयहरुमा महिला मैत्री शौचालय निर्माण गरिएको भए पनि कुनै पनि विद्यालयमा सरफइृका लागी पुर्ण व्यवस्था हुन न सक्दा महिनावारी भएका बेला छात्राहरु स्कुल पनि न आउने गरेको शिक्षक विष्टले बताउनु भयो । 
सरसफाईको क्षेत्रमा नेपाल सरकार र गौरसरकारी निकायहरुले जिल्लामा धेरै रकम खर्च गरेको भएपनि अझै दाचुला जिल्लाका सबै सरकारी तथा निजि विद्यालयहरुमा महिला मैत्री शैचालय न हुदा छात्राहरु स्कुल नआउने गरेको र सफा गर्नको लागी उचित व्यावस्थापन पनि हुन नसक्दा महिलाहरु महिनावारी भएको बेला शैचालय प्रयोग न गर्ने गरेको गोकुलेश्वर मावि गोकुलेका शिक्षक धन्नजय जोशीले बताउनु भयो । 
छात्राहरु महिनावारी भएका बेला शैचालय प्रयोग गर्नका लागी शैचालयमा प्याड फल्ने तथा सफा गर्नका लागी पनिको पनि अभाव रहने गरेकाले छात्राहरु महिनावारी भएका बेला स्कुल जान नमान्ने गरेको नेपाल रेडक्रस शोसाईटि जिल्ला शाखाका मन्त्री दिपक प्रशाद खवस्थीले जानकारी दिनु भयो । सरसफई अभियानलाई सहयोग पुगाउने विभिन्न संघ संस्थाहरुले  विद्यालय, सर्वजनीक स्थल  तथा दलित बस्तीहरुमा थुप्र पैसा खच गरेक भएपनि कुनै परिवर्तन आउन नसकेको जानकर हरुको बुझई रहेको छ । 
दार्चुला सर्दमुकाममा ४ वटा सर्वजनीक शैचालय गोकुलेश्रमा १ वटा बलाचमा १ वटा तथा अरु स्थानीय तहरुले पनि सर्वाजनीक शैचालयको लागी थुप्रै पैशा खर्च गरेको भएपनि कनै ठाउमा प्रयोगमा आएका छन त कुनै ठाउमा प्रयोग शैचालयहरु प्रयोग विहिन खवस्थामा रहेका छन ।