जिल्लामा पहिलो पटक सरकारी विद्यालयमा सी सी क्यामरा जडान (फाेटाे फिचर)

५ बर्ष अघि

२0७५ कार्तिक २६ सोमबार

जिल्लामा पहिलो पटक सरकारी विद्यालयमा सी सी क्यामरा जडान (फाेटाे फिचर)


सुलोचना महता, कार्तिक २६ गते दार्चुला । जिल्ला सदमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले सी सी क्यामरा जडान गरेको छ । 
सदमुकामका पाइभेट विद्यालयहरुमा सी सी क्यामरा जडान गरेतापनि सामुदायक विद्यालय तर्फ पहिलो पटक महेन्द्र नमुना मा.विले सी सी क्यमरा जडान गरेको हो । विद्यालयमा रहेको सम्पतीको सुरक्षा गर्न, विद्यार्थीमा अनुशासन कायम गर्न साथै शिक्षण सिकाई पक्रिया अनुगमन गरी गुणस्तरीय शिक्षा दिने उद्देश्यले सी सी क्यामरा जडान गरेको महेन्द्र नमुना मा.विका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिनुभयो ।
विद्यालयले आफ्नै लगानीमा हाल ३२ वटा सी.सी क्यामरा विद्यालय भित्र जडान गरेको छ । जडान गरेको सी सी क्यामराको उपलब्धी हेरी पछि थप सी सी क्यामरा जडान गरीने महेन्द्र नमुना मा.विका प्रधानाध्यापक जोशी बताउनु भयो । विद्यालयमा गठित उपभोक्ता समिति मार्फत दशैँतिहारको विदामा सी सी क्यामरा जडान गरेको महेन्द्र नमुना मा.विका सहायक प्र.अ दामोदर जोशीले बताउनु भयो । भने सी.सी क्यामराको अनुमानित लागत ३ लाख रहेको महेन्द्र नमुना माविका प्र.अ जोशीको बताए । सी सी क्यामराबाट शिक्षक,विद्यार्थी लगायत अन्य मानिसहरुले गर्ने क्रियाकलापहरु अडियाे तथा भिडियाेकाे रुपमा हेर्न सकिने उहाँकाे भनार्इ रहेकाे छ ।