११को ग्रेडवृद्धी परीक्षा पुसमा, २ वटा विषयमा पुरक दिन पाइने 

५ बर्ष अघि

२0७५ कार्तिक २६ सोमबार

११को ग्रेडवृद्धी परीक्षा पुसमा, २ वटा विषयमा पुरक दिन पाइने 


सुलोचना महता कार्तिक २६ दार्चुला ।  ११ को ग्रेड वृद्धीको परिक्षा पुस महिनामा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष सम्म  ११ को ग्रेड वृद्धि परीक्षामा १ विषयको मात्र परीक्षा दिन पाइने भएतापनि यस पालिको परीक्षामा इ, डी, डी प्लस देखि सी ग्रेड सम्म नतिजा आएका विद्यार्थीहरुले कुनै पनि २ वटा विषयमा पुरक परीक्षा दिन पाउने भएका छन् । मंसीरमा हुने भनिएको ११ को ग्रेड वृद्धि फारम  कार्तिक महिनाको २८ गते सम्म भर्ने भएतापनि हाल पुस महिनामा परिक्षा हुने भनेर पत्र आएपछि कार्तिक १६ गते सम्म ११ को ग्रेडवृद्धी फारम भर्न सकिने महेन्द्र नमुना माविका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिनु भयो । दार्चुला जिल्लामा गत साल सम्म  ११ र १२ कक्षाको ग्रेडवृद्धी परीक्षाका लागि केन्द्र गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वर मात्र तोकेकोमा मंसीर यस साल  ८ गते ११ को ग्रेड वृद्धी परीक्षा दिने विद्यार्थीका लागि गोकुलेश्वर मा.वि गोकुलेश्वर र महेन्द्र नमुना मा.वि खलंगा तोकेको शीक्षा विकास तथा समन्वय एकाई दार्चुलाले जनाएको थियो । राष्ट्रिय परीक्षा बोर्डले पुस महिनामा ११ को गे्रड वृद्धी परीक्षा हुने भनेपछि २ वटा विषयमा परिक्षा दिने विद्यार्थीहरुको संख्या हेरेर परीक्षा केन्द्र थपघट गरीने शीक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताउनु भयो । पुस महिनामा हुने ११ को ग्रेडवृद्धि परीक्षा कहिले हुने भन्ने केन्द्रले तोकन बाँकी रहेको शीक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख पन्तले बताएँ ।