क्रिकेट खेलमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण, आधा दर्जन खेलाडी घाइते

५ बर्ष अघि

२0७५ कार्तिक २६ सोमबार

क्रिकेट खेलमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण, आधा दर्जन खेलाडी घाइते

कार्तिक २६ धनुषा  दिपावली तथा छट पर्वको अवसरमा बर्दिवासमा आयोजना गरिएको क्रिकेट खेलमा पराजित भएको आक्रोशमा विजेता टिममाथि आक्रमण भएको छ ।आक्रमणमा परि विजेत टिमका सातजना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरका जनकल्याण युवा क्लबका खेलाडी २९ वर्षका चन्दन महतो, वर्ष २० का जयप्रकाश महतो, वर्ष २४ का राजेश महतो, वर्ष १८ का श्रवण महतो र संजिव महतो छन् ।यस्तै आक्रमण रोक्न खोज्दा विजेता क्लब तर्फबाट खेल हेर्न गएका स्थानीय ४५ वर्षका विजय महतो गम्भीर घाइते भएका छन् । उनीहरुको लालगढको मोडेल हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।दिपावली तथा छठपर्वको अवसरमा बर्दिबास नगरपालिका ७ का गणेश मगरले धनुषाको मिथिला नगरपालिका ९ बेंगाडारबरको खेल मैदानमा आयोजना गरेको क्रिकेट प्रतियोगिताको आइतबार दिउँसो अन्तिम खेल भएको थियो । जसमा महोत्तरीको रातौली युवा क्लब र धनुषाको जनकल्याण युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो । जनकल्याण युवा क्लब जित हात परेको थियो ।स्थानीय प्रत्यक्षदर्शीका अनुसार अन्तिम खेलपछि साँझ परिसकेको र विजेता टिमले विजय जुलुस निकालेपश्चात आयोजक स्थानीय र रातौली युवा क्लबका खेलाडीहरुले एक्कासी विजेता टिममाथि आक्रमण गरेका थिए ।पराजित भएको रतौली युवा क्लबका केही खेलाडी र आयोजक स्थानीयसहित झण्डै २० जनाभन्दा बढीले ब्याट, वियरको बोतल र हातको मुक्का र लातले विजेता टिममाथि आक्रमण गरेको घाइते भई उपचाररत राजेश महतोले बताउनुभयो ।आक्रमण गर्नेहरुमा स्थानीय गणेश लामा, सुमन चौधरी, विशाल लामा, वीरेन्द्र साह, दिनेश महतो, अनवर मुस्लिमलगायत अन्य केही स्थानीय र पराजित रतौली युवा क्लबका खेलाडीहरु रहेको समेत घाइते राजेशले बताउनुभयो ।यता इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले पराजित भएको आक्रोशमा विजेता टिममाथि आक्रमण भएको र घटनापश्चात कुटपिटमा संलग्नहरु फरार रहेकाले तिनीहरुको खोजी कार्य जारी रहेको बताउनुभयो ।