टिकट नपाउँदा यात्रुहरुले सास्ती खेप्दैँ

५ बर्ष अघि

२0७५ कार्तिक २६ सोमबार

टिकट नपाउँदा यात्रुहरुले सास्ती खेप्दैँ

 दिपक धामी, कात्तिक, २६ दार्चुला ।
दशैँतिहार मनाउन देश तथा विदेशबाट घर र्फकेका यात्रुहरुले आफ्नो कर्मथलोमा फर्कनका लागि टिकट नपाउँदा दुःख भोगि रहेका छन्। दशैँतिहारको बिदा मागेर घरर्फकेका यात्रुहरु समयमा नै पुग्नु पर्ने भएकाले टिकट नपाउँदा समस्या परेको यात्रुहरुले गुनासो गरेका छन् । 
दशैँतिहारका बेला दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाण्डौ जाने बसहरु रितै जाने गरेका तापनि दशैँतिहार सकिएसंगै बसपार्कमा यात्रुहरुको भिड लाग्ने गरेको पाइन्छ । महाकाली नगरपालिका वाड नम्बर १ बस्ने हरीश धामीले टिकट नपाउँदा  काठमान्डौँ जान सकेका छैनन् । धामी भन्नु हुन्छ टिकट नपाउँदा आफ्नो पढाईमा प्रतिकुल असर पुगेको छ । दशैँतिहारको बिदामा गाउँघर आएका धामी विद्यालयमा पढाई सुरु भइसकेको छ । आफु कहिले काठमान्डौँ पुगेर पढाई गर्ने तथा सरहरुले कोर्ष अगाडी बढाएपछि साथीहरु संग पुग्ने ग्राहो हुने धामीको भनाई छ । 


दशैँतिहार सकिएपछि यसै महिनाको कार्तिक ३० गते सम्मको लागि टिकट बुर्किङ भइसकेको महाकाली बस व्यवसायी समितिका काउन्टर लवदेब अवस्थीले बताउनु भयो । बसमा जानको लागि कुनै सिटपनि खाली नभएको र बसको गेलरीमा पनि खाली ठाउँ  नभएको अवस्थीले बताउनु भयो । सरकारी कार्यालयका कर्मचारीहरु एवम् अन्य क्षेत्रमा काम गर्ने कर्मचारीहरु लगायत सबै यात्रुहरुले  टिकट नपाउँदा यात्रुहरुलाई समस्या परेकोे लबदेब अवस्थीले बताउनु भएको छ । 
आजमात्रै दार्चुलाबाट महेन्द्रनगरका लागि २ बजेको बसमा  दुई ओटा बसहरुमा अनुमानित ८० जना जति  पठाएको महाकाली यातायात व्यवसायका बस काउन्टर अवस्थीले बताएँ । दार्चुलाबाट हाल काठमान्डौँ, महेन्द्रनगर र धनगढी  लगायतका ठाउँ जानका लागि ७ वटा मात्रै बस  छन् ।