नौगाड गाउँपालिकामा प्रहरी साँझेदारि समिति गठन

५ बर्ष अघि

२0७५ कार्तिक २५ आईतवार

नौगाड गाउँपालिकामा प्रहरी साँझेदारि समिति गठन


दृष्टिकोण समाचार कार्तिक २५, दार्चुला ।

दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्ने पालिकास्तरीय प्रहरी साँझेदारि समिति गठन भएको छ ।

नौगाड गाउँपालिकाको दिगो विकासमा शान्ति सुरक्षा कायम हुने उद्देश्यले समुदाय—प्रहरी साझेदारी समिति गठन गरीएको हो । नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिँह धामी अध्यक्षतामा भएको कार्यक्रममा समुदाय—प्रहरी साझेदारी जिल्लास्तरीय समितिका सल्लाहकार तथा जिल्ला समन्वय समितिका प्रमुख करबिर बहादुर कार्की, प्रहरी नायव उपरिक्षक नवराज अधिकारी, सशस्त्र प्रहरी प्रमुख भिम बहादुर चन्द लगायत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको उपस्थितमा गाउँपालिकामा पालिकास्तरीय समिति गठन भएको छ । 

पालिका स्थरीय प्रहरी साँझेदारि कार्यत्रःममा शुभकामना दिदै नाैगाड गाँउपालिकाका अध्यक्ष प्रेम सिह धामीले नाैगाड गाँयपालिकाकाे शान्ति सुरक्षामा र दिगाे बिकासका लागि  प्रहरी साँझेदारि समितिले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयाे । गाँउ र टाेल सम्म गएर प्रहरीले काम गरेमा मात्रै याे कार्य सफल हुने बताउनु भयाे । 

काे काे छन समितिमा हेर्नुहाेस फाेटाे फिचर ।