भन्सार कार्यालय दार्चुलाले  २१ लाख राजस्व संकलन

६ बर्ष अघि

२0७५ बैशाख १८ मंगलवार

भन्सार कार्यालय दार्चुलाले  २१ लाख राजस्व संकलन

दार्चुला । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा छोटि भन्सार कार्यालय खलंगाले एकाईस लाखभन्दा राजस्व संकलन  भएको छ । भारतीय बजार धारचुला हुदै खलंगा भित्रिने सामानबाट कुल २१ लाख २४ हजार ८ सय ४१ रुपैया राजस्व संकलन गरिएको छोटि भ्नसार कार्यालय दार्चुलाका नासु नर सिह बडालले जानकारी दिनु भयो ।


छोटि भन्सार शाखा कार्यालय दार्चुलाको तथ्याङक अनुसार साउन महिनामा १ लाख ९० हजार ७१ रुपैया, भाद्र महिनामा १ लाख ८८ हजार ९ सय ८४ रुपैया, असोज महिनामा २ लाख ४४ हजार ७ सय ७३ रुपैया राजस्व संकलन भएको छ । यस्तै कार्तिक महिनामा २ लाख २४ हजार १ सय ६१ रुपैया, मंसीर महिनामा १ लाख ७९ हजार ३ सय ३ रुपैया र पुष महिनामा १ लाख ७१ हजार ३ सय २ रुपैया राजस्व संकलन भएको छोटि भन्सार कार्यालय दार्चुलाले  जानकारी दिनुभयो । 


कार्यालयले महिनामा ३ लाख १८ हजार ६ सय ७५ रुपैयाँ, फागुन महिनामा ३ लाख १४ हजार ७ सय २ रुपायाँ र चैत्र महिनामा २ लाख ९२ हजार ८ सय ७० रुपैयाँ राजस्व संकलन भएको छोटि भन्सार कार्यालयका नसु बडालले  बताउनु भयो । 


दार्चुला जिल्लाका अरु भन्सार कार्यालयहरु द्वन्द्वकालदेखि नै बन्द रहेका छन् । भारतसंग खुला सिमाना भएका अर्थात सामान आवतजावत हुने सितापुल, दत्तु, जौलजिवि, लगायत भन्सार कार्यालयहरु पुन. स्थापना हुन नसक्दा मुलुकले वर्षेनि लाखौं राजस्व गुमाउनु  परेको छ । नाका सञ्चालनको लागि बेलाबेलामा पहल चलेको भएपनि नेतृत्वको उदासिनता र सरोकारवाला पक्षले पहल गर्न नसक्दा  सञ्चालन हुन नसकेको नसु बडाल्ले बताउनु भयो । 


 यसैबीच दार्चुला जिल्लाका आम उपभोक्तादेखि ब्यापारी सबैले दैनिक उपभोग्य तथा निमार्ण सामाग्रीको खरिद गर्न भारतीय बजार धारचुला जाने गरेका छन् । भारतीय बजारबाट दैनिक लाखौं मुल्य बराबरको उपभोग्य, खुद्रा, तरकारी र निमार्ण सामाग्री भारतीय बजारबाट खलंगा नाका भएर दार्चुला भित्रिने गरेको छ । भारतसंग खुला सिमा भएका कारण दैनिक उपभोगका  सामानको खरिद गर्न समेत नेपाली ग्राहक भारतीय बजार छिर्ने गरेका छन् ।